डिल्लीबजार मालपोतका पूर्वप्रमुख पक्राउ

९ माघ २०७०, बिहीबार ०९:५८ मा प्रकाशित

काठमाडौ – निजी गुठीको जग्गा रैकरमा परिणत गरी बिक्री गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कार्यालय प्रमुख हरिकृष्ण तिमल्सिनाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आर्थिक प्रलोभनमा परी गुठीको जग्गा व्यक्तिगत बनाई कागजातसमेत नष्ट गरेको पाइएपछि अख्तियारले बुधबार तिमल्सिनालाई हिरासतमा राखेको हो । चाबहिलस्थित १२ आनाभन्दा बढी निजी गुठीको जग्गा रैकरमा परिणत गरी बेचबिखन गर्न सहयोग गरेपछि तिमल्सिना अख्तियारको हिरासतमा पुगेका हुन् ।
जैशीदेवल बस्ने मिश्री कर्माचार्य र उनका छोरा राजेशप्रसाद कर्माचार्यको संयुक्त नाममा रहेको जग्गालाई ६ माघ २०३९ सालमै निजी गुठी कायम गरिएको थियो ।
तिमल्सिनाले आर्थिक चलखेल गरी जग्गा रैकरमा परिणत गर्दै जग्गासम्बन्धी सम्पूर्ण कागजात नष्ट गरिसकेको अख्तियारको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार