दलको नेता चयन गर्न निर्वाचन कार्यक्रम सार्वजनिक

८ माघ २०७०, बुधबार १६:३७ मा प्रकाशित

काठमाडौं, ८ माघ । कांग्रेसले संविधानसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका संयोजक एवं प्रवक्ता दिलेन्द्रप्रसाद बडूले आज (बुधबार) सूचना जारी गरेर निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यक्रम माघ १२ गते संविधानसभा संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छ ।
कांग्रेसको सूचना अनुसार मतदाता नामावली प्रकाशन माघ, मतदाता नामावली उपर दावी विरोध, मतदाताको दावी विरोधमा जाचबुझ गरी अन्तिम नामावली प्रकाशन माघ ९ गते हुने छ ।
संसदीय दलको कार्यालय परिसर, सिंहदरबारमा हुने निर्वाचनमा उम्मेदवारका लागि दरखास्त माघ ११ गते शनिबार विहान ११ बजे देखि १ बजेसम्म माग गरिएको छ । उम्मेदवारले दरखास्त साथ पाँच हजार रुपियाँ पनि दाखिला गर्नु पर्ने छ ।
उम्मेदवारको प्रथम नामावली प्रकाशन, दरखास्त उपर दावी विरोध, उम्मेदवारको दावि विरोधको जाचबुझ गरी दोश्रो नामावली प्रकाशन, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन माघ ११ गते हुने छ ।
मतदान माघ १२ गते आइतबार विहान साढे आठ देखि साढे ११ बजेसम्म हुने कार्यक्रम रहेको सूचनामा उल्लेख छ । तोकिएको समयमा आईपुग्न निर्देशन दिएको कांग्रेसले सभासदहरुलाई मतदान गर्न आउदा अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने फोटो सहितको प्रमाण/परिचयपत्र लिएर आउन पनि भनेको छ ।
संसदीय दलको नेताका उम्मेदवारले आवश्यक मत पाउन नसके पुन: सोही दिन अर्को निर्वाचन कार्यक्रम गर्ने पनि कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण