छड्के निरीक्षणमा २७ शिक्षक कारबाहीमा

८ माघ २०७०, बुधबार १५:३३ मा प्रकाशित

महोतरी, ८ माघ । जिल्ला शिक्षा कार्यालय महोत्तरीले गरेको छड्के निरीक्षणमा एक प्रधानाध्यापकसहित ११ विद्यालयका २७ शिक्षक कारबाहीमा परेका छन् ।
जिल्ला शिक्षा अधिकारी प्रमोदकुमार साहको नेतृत्वको टोलीले सोमबार, मंगलबार र बुधवार गरेको विद्यालयको छड्के निरीक्षणका क्रममा शिक्षकहरु कारबाहीमा परेका हुन् । जिल्लाका ११ वटा विद्यालयमा छड्के निरीक्षण भएको थियो । निरीक्षणका क्रममा २७ शिक्षक अनुपस्थित पाइएपछि कारबाही थालिएको कार्यालयले जनाएको छ ।
सोमबार गरिएको अनुगमनमा छवटा विद्यालयका ११ शिक्षक विद्यालयमा अनुपस्थित रहेका थिए । मंगलबार र बुधवार पाँचवटा विद्यालयमा निरीक्षण गरिएको छ । बलवा गाविसको हिर्दुवास्थित निम्नमाध्यमिक विद्यालयमा प्रधानाध्यापकसहित आठजना शिक्षक अनुपस्थित पाइएको कार्यालयका शाखा अधिकृत ध्रुव कोइरालाले बताए ।
तीन दिने निरीक्षणमा चार उच्चमावि, दुई मावि, तीन निमावि र दुईवटा प्राविमा अनुगमन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर