प्रजातन्त्रको मुल्य र मान्यताप्रति कांग्रेसले सम्झौता नगर्ने: सभापति कोइराला

६ बैशाख २०६९, बुधबार १६:१६ मा प्रकाशित

खोटाङ, ६ बैशाख । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले लोकतन्त्र र प्रजातन्त्रको मूल्य र मान्यताप्रति कांग्रेसले कसैसँग कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ । तत्कालिन नेकपा माओवादीले २०६२ असार ५ गते ध्वस्त बनाएको नेपाली कांग्रेस खोटाङको दिक्तेल–३ मा भवन शिलान्यास गर्दै कोईरालाले शान्ति र संविधानसँग प्रत्यक्ष गाँसिएको प्रजातन्त्रको मुल्य र मान्यताप्रति पार्टीले कसैसँग पनि  सम्झौता नहुने बताउनु भएको हो । कोईरालाले माओवादीतर्फ इसारा गर्दै हतियारको भरमा सत्ता कव्जा गर्न खोज्ने शक्तिहरु आफै समाप्त भएर जाने दावी गर्नुभयो । माओवादी द्वन्द्व कालमा हत्या गरिएका कांग्रेस खोटाङका तत्कालिन सचिव कालुमान गुरुङको सम्झना गर्दै कोईरालाले गुरुङको बलीदानले पार्टीमा हजारौ सहिद जन्माएको टिप्पणी गर्नुभयो । कांग्रेस जिल्ला कमिटिको आयोजना आज मध्यान्न हुने ‘बृहत जागरण सभामा ११ जना केन्द्रीय नेतासहित कोईराला खोटाङ आइपुग्नु भएको हो । खोटाङमा कांग्रेसका नेता तथा कार्याकर्ताहरुको बाक्लो चहलपहल बढेको छ । सदरमुकाम दिक्तेलको हेलिप्याडमा आज मध्यान्न हुने ‘बृहत जागरण सभा तथा कांग्रेस खोटाङको प्रथम जिल्ला सम्मेलनको सभापति कोईराला, कोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्यहरु डाक्टर शशांक कोईराला, बलबहादुर केसी, गगन थापा, बद्री पाण्डे, रामकुमार चौधरीलगायतका प्रभावशाली नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा