तस्कर र प्रहरीबीच गोली हानाहान

८ माघ २०७०, बुधबार ०७:२६ मा प्रकाशित

मकवानपुर, ८ माघ । लागूऔषध नियन्त्रणमा लिने क्रममा मकवानपुरमा मंगलबार बिहान तस्कर र प्रहरीबीच गोली हानाहान भएको छ । मकवानपुरको मनहरी–७ खरंगामा मंगलबार बिहान लागूऔषध गाजा समात्ने क्रममा तस्कर र प्रहरीबीच गोली हानाहान भएको हो । भरियामार्फत गाजा भारततर्फ लैजान लागेको सूचना पाएपछि पुगेको प्रहरीको टोलीलाई तस्करले गोली प्रहार गरेको जनाइएको छ । तस्करलाई पक्राउ गर्न प्रहरीले पनि गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय
मनहरीका प्रहरी नायब निरीक्षक सन्तोष बरालले जानकारी दिए ।
प्रहरीले गाजा बोक्ने भरिया र तस्करलाई भने पक्राउ गर्न सकेन । प्रहरीले पाँच बोरा चरेस बनाउने गाजाको धूलो र एक बोरा गा“जा बरामद गरेको बरालले जानकारी दिए । उनका अनुसार समूहमा तस्कर र भरियासहित १३ जना रहेको जनाइएको छ
प्रहरीले तस्कर र गाजा बोकेकालाई पक्राउ गर्न खोज्दा सात राउन्ड गोली चलाएको र तस्करले नौ राउन्ड गोली चलाएको प्रहरी नायब निरीक्षक बरालले जानकारी दिए । मकवानपुरका १२ ओटा गाविसमा गा“जा खेती हुने गरेको छ । पछिल्लो समय प्रशासन र प्रहरीको सक्रियतामा गाजा फँडानी गरिए पनि उत्पान हुन छाडेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको