नुवाकोट र मकवानपुरमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

६ बैशाख २०६९, बुधबार १६:११ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । नुवाकोटको मदानपुरमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पासाङ ल्हामु मार्ग खण्डको मदानपुर ९ को पोखरीमा बा १ ज ९७२३ नम्बरको माइक्रोबस सडक खस्त दुर्घटना भएको हो । त्रिशुलीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सडकबाट ३० मिटर तल खसेको थियो । दुर्घटनामा एक महिला र एक पुरुषको मृत्यु भएपनि मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
यसैगरी हेटौँडाबाट काठमाडौँतर्पm जाँदै गरेको ना ४ ख १२९७ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बसामाढी–३ ताप्केमा आज बिहान दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको र ४३ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा रामेछाप जिल्ला बस्ने वर्ष १९ का विजय राउत भएको जिल्ला प्रहरी मकवानपुरले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठजनालाई थप उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । अरूलाई हेटौँडा अस्पताल र हाडजोर्नी आम्दा अस्पतालमा भर्ना गरिएको जनाइएको छ । बसको स्प्रिङको पट्टा भाँचिन गई अनियन्त्रित हुँदा दुर्घटना भएको घाइते यात्रुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच