पुलिसलाई महिला फुटबल उपाधि

८ माघ २०७०, बुधबार ०७:०२ मा प्रकाशित

इलाम, ८ माघ । तनावपूर्ण फाइनल प्रतिस्पर्धामा राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि पुलिसले जितेको छ । इलाममा मंगलबार सम्पन्न फाइनलमा साविक विजेता नेपाल पुलिस क्लबले त्रिभुवन आर्मीलाई २–१ को अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । खेल सुरु भएको १३ मिनेटमा पुलिसकी निरु थापाले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएकी थिइन् ।
निकै आक्रामक खेल खेलेको पुलिसका तर्फबाट खेलको ३५औं मिनेटमा टिम क्याप्टेन चन्दा भण्डारीले अर्को गोल गर्दै पुलिसको नाममा दुई गोल लेखाएकी थिइन् । खेल अवधिभर बलियो देखिए पनि खेलाडीबीचको तालमेल नमिल्दा पछि परेको आर्मीलाई भने पुलिसकै रक्षा पंक्तिकी शान्ता राईका तर्फबाट एक गोल आत्मघाती भएको थियो ।
२८पुसदेखि सुरु भएको प्रतियोगिताको सबै विद्याका पुरस्कारमा पुलिसको एकलौटी वर्चस्व रह्यो । पुलिसकी गोल रक्षक नमिता दली, डिफेन्समा पुलिसकै अमृता जैसी, मिड फिल्डर पुलिसकी यशोदा लामा, फर्डवार्ड निरु थापा, पुलिसका प्रशिक्षक सन्देश श्रेष्ठ उत्कृष्ट घोषित भए । उनीहरूलाई नगद २५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो । विजेता पुलिसले २ लाख र उपविजेता आर्मीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९