पुलिस शीर्ष स्थानमा उक्लियो

८ माघ २०७०, बुधबार ०६:५७ मा प्रकाशित

काठमाडौं – नेपाल पुलिस क्लब काठमाडौंमा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा नेपाल पुलिसले सरस्वती क्लबलाई १–० ले पराजित गर्दै महŒवपूर्ण ३ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पुलिसले सात खेलबाट चारमा जित दुई खेलमा बराबरी र एक खेलमा हार ब्योहोर्दै लिग अंक तालिकामा १४ अंक जोड्दै मनाङभन्दा एक अंकले अघि रहेको हो । सरस्वती हारपछि लिग अंक तालिकाको ११औं स्थानमा छ । उसको सात खेलबाट ७ अंक रहेको छ ।
दशरथ रंगशालमा भएको खेलको पहिलो हाफको ३९औं मिनेटमा गणेश खड्कालाई सरस्वतीका डिफेन्डरले फल गरेपछि पाएको पेनल्टीलाई जुमनु राईले सदुपयोग गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा केही राम्रा मौकाहरू सिर्जना गरे पनि पुलिस दोस्रो हाफमा भने सरस्वतीस“ग दबाबमा परेको थियो ।
दोस्रो हाफमा पुलिसविरुद्ध हावी भएको सरस्वतीका राम्रा मौकाहरू सदुपयोग भएनन् । ४७औं मिनेटमा टंकु लामाले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । त्यस्तै टंकु लामाले नै ७०औं मिनेटमा डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार फस्टबारमा लागेर बाहिरिएपछि सरस्वती अभागि सावित भयो । दोस्रो हाफमा दबाबमा परेको पुलिसले कुनै उल्लेख्य मौकाहरू सदुपयोग गर्न सकेन् । खेलपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले राम्रो प्रदर्शन नभए पनि महŒवपूर्ण ३ अंक प्राप्त भएको बताए । उनले भने, ‘हामीले धेरै कार्ड खाएको, जित्नु पर्ने दबाब र खेलाडीको इनजुरी समस्याले गर्दा पनि सोचेजस्तो खेल भएन ।’ उनले सरस्वतीमा स्कोरिङ समस्या भएकाले त्यसको फाइदा पुलिसले लिएको बताए ।
सरस्वतीका प्रशिक्षक अशोक केसीले खेल राम्रो भए पनि रेफ्रीको निर्णय भने चित नबुझेको बताए । उनले भने, ‘रेफ्रीलाई रिफ्रेसर कोर्स दिनुपर्ने आवश्यकता देखियो । बीच–बीचमा सिट्ठी खसाल्ने र आफंै बज्ने जस्तो साधारण कुरामा पनि याद गरेको देखिएन ।’ पुलिस र सरस्वतीको खेल रेफ्री विकाश महतले खेलाएका थिए ।
फ्रेन्ड्स र संकटा बराबरी
मंगलबार नै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले संकटा स“ग १–१ को बराबरी खेलेको छ । पहिलो हाफमा गोलरहित बराबरी गरे पनि दोस्रो हाफमा दुवै टिमले १–१ गोल गरेका थिए । पहिलो हाफमा केही राम्रा मौका संकटाले सदुपयोग गर्न सकेन् । यद्यपि, दोस्रो हाफको ६७औं मिनेटमा वर्षात गुरुङले संकटालाई अग्रता दिलाए । उनले डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई फ्रेन्ड्सका गोलरक्षक अजित प्रजापतिले बचाउने कोसिस गरे पनि उनको हातमा लाग्दै गोल भएको थियो । गोल भएको एक मिनेट बित्न नपाउ“दै फ्रेन्ड्सले बराबरी गर्न सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो ओलम्पिकको १२ औं दिन आज विभिन्न १० खेलका १७ स्वर्ण पदकको भिडन्त भईरहेको छ । आज एथ्लेटिक्समा सबैभन्दा बढी

काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ । खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,