भीओआईपी सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

८ माघ २०७०, बुधबार ०६:५० मा प्रकाशित

काठमाडौं, ८ माघ ।  ललितपुरमा अवैध भीओआईपी सञ्चालन गर्ने पाँच भारतीय नागरिकलाई उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । ललितपुर–१० मा घर भाडामा लिएर अवैध कल बाइपास सञ्चालन गरिरहेको आरोपमा उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा साबिर हुसैन, हुसैन, बुराहानुद्दीन, कौसर र हुसैन रहेका छन् । उनीहरूको साथबाट म्याट्रिक्स तीन थान, एनसेलको सिमकार्ड १ सय २० थान, ल्यापटप दुई थान, लिंक राउटरसहितका उपकरण बरामद भएको ब्युरोले जनाएको छ ।
साझ नै उनीहरूले अनुसन्धानका लागि दुई पाकिस्तानी नागरिक पनि पक्राउ गरेको भए पनि त्यसलाई भने सीआईबीले गोप्य राखेको छ । अप्रेसन भ्वाइस फक्सअन्तर्गत सीआईबीले अवैध भीओआईपी सञ्चालन गर्नेहरूको देशभर निगरानी राख्ने गरेको छ । सोही निगरानीका क्रममा मंगलबार साँझ पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव समूहको केन्द्रीय सदस्यहरुको बैठक जारी छ । काठमाडौंको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बसिरहेको

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने