तालिबानद्वारा ५० कामदारको अपहरण

८ माघ २०७०, बुधबार ०६:३६ मा प्रकाशित

हेरात, सिन्ह्वा– अफगानिस्तानको पश्चिम प्रान्त हेरातमा मंगलबार बारुदी सुरुङ हटाउने निकायका ५० जना स्थानीय कामदारलाई अफगान तालिबानले अपहरण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् । बारुदी सुरुङका हटाउने निकायका कामदारहरू मंगलबार बिहानै दैनिक कार्य सुरु गर्न लागेका बेलामा अतिवादीले अपहरण गरेको सिन्ह्वाले जनाएको छ ।
प्रान्तीय राजधानी हेरात सहरको पासतुन, जार्गुन जिल्लाको मार्वा क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजे अपहरण भएको सो स्रोतले जानकारी दिएको छ । स्थानीय बासिन्दाका अनुसार दुईओटा कारमा आएका कम्तीमा १० जना तालिबान सदस्यहरूले बलपूर्वक ती कामदारहरूको अपहरण गरेका थिए । सुरक्षाबलले सो अपहरणको खोजी कार्य सुरु गरेको बताइएको छ ।
द्वन्द्वग्रस्त यस देशमा यस वर्षको अन्त्यसम्म विदेशी सैनिकले देशको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबललाई नै दिने भएको छ । सन् २०१० सम्म १ लाख ३० हजार नेटोसँग आबद्ध सैनिक अफगानिस्तानमा रहेका थिए । तर, हाल आएर यहाँ करिब ८३ हजार सेना मात्र रहेका छन् । यस वर्षको अन्त्यसम्ममा नेटोसँग आबद्ध सबै सैनिक फर्काइने नेटोसँग आबद्ध देशहरूले निर्णय गरिसकेका छन् ।
यसैबीच, अफगान प्रहरीको एक समूहले सैनिकको सहयोगमा पछिल्ले २४ घन्टामा तालिबानविरुद्ध गरेको कारबाहीमा एक दर्जनभन्दा बढी तालिबानको ज्यान गएको छ । अफगानिस्तानको गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा अफगान प्रहरी र सेनाको कारबाहीमा १६ जना तालिबान मारिएका बताइएको छ । सो कारबाहीमा परी अन्य ६ जना पक्राउ परेका छन् । अफगानिस्तानमा प्रहरीले तालिबानविरुद्धको कारबाहीलाई सशक्त बनाएको पनि गृह मन्त्रालयद्वारा प्रकाशित सो विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानभरि नै विभिन्न क्षेत्रमा सो कारबाही गरिएको बताइएको छ । यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट नेटो सैनिक फर्किसक्ने भएकाले त्यहाँका सुरक्षाकर्मीलाई तालिबानविरुद्धको कारबाहीका लागि अघि सारिएको बताइएको छ ।
अफगानिस्तानमा सेना र नेटोसँग आबद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले विगत करिब १० वर्षदेखि तालिबानहरूका विरुद्धमा कारबाही जारी राखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा