अमेरीकामा एफ १ को ओपिटी स्टाटस, क्याप ग्याप, र एच१बी भिषा बारे सामान्य जानकारी :: विनोद रोका (एर्टनी एट ल, न्युर्योक)

८ माघ २०७०, बुधबार ०६:०८ मा प्रकाशित

अधिकांश विदेशी विद्यार्थीहरु अमेरीकामा अध्ययनका लागि F-1 भिषामा आऊने गर्दछन। अमेरीकाको मान्यता प्राप्त विश्वविद्यालयबाट प्रोफेशनल बिषयमा ब्याचलर वा माष्टर तहको शिक्षा प्राप्त गरेका विदेशी विद्यार्थीहरुले अध्ययन पश्चात अमेरीकी कामदारले ज्(ज्ञद्य मा स्पोन्सर गरेमा आफनो स्टाटसलाई अमेरीकीमा रहदा नै परिवर्तन गराऊन सक्दछन ।

प्रत्येक बर्ष F-1 मा रहेका विद्याथीहरुले अमेरीकी रोजगारदाता मार्फत आफनो अध्ययन वा Optional Practical Training (OPT) मा रहदाको अवस्थामा H-1B temporary employment मा आफनो स्टाटस परिवर्तन गरी अमेरीकामा कामदारको हैसियतले अस्थायी रुपबाट काम गर्न र बस्ने समयावधि बढाई पाऊ भनि अमेरीकाको अद्यागमन विभाग समक्ष रोजगारदातको तर्फबाट निवेदन दिने गर्दछन । यसरी अमेरीकी रोजगारदाताको तर्फबाट अद्यागमन बिभागव समक्ष दिईने निवेदनको भिषाको आधारमा काम गर्न पाऊने मिति प्रत्येक बर्षको अक्टोबर १ तारिखदेखि मात्र सुरु हुने र यस्तो निवेदन ६ महिना भन्दा अगाडी दिन पाईदैन । तसर्थ भिषाको लागि दिईने निवेदन अप्रिल महिनाको १ तारिखबाट मात्र सुरु हुन्छ । तर कतिपय बिद्यार्थीहरुको ओपिटी र ६० दिनको ग्रेस पिरियड समेतको समय अप्रिल महिनाको १ तारिख भन्दा अगाडी नै सकिने पनि हुन्छ। यत यसरी विद्यार्थीको एफ १ स्टाटस सकिएको र एच१बीको अक्टोबर १ तारिखदेखि पाऊन सकिने एच१बी भिषाको स्टाटसका बिचमा टुटेको बिचको समयलाई ऋबउ न्बउ भनिन्छ ।

अमेरीकी अद्यागमन बिभागले क्याप ग्यापको समस्यालाई निम्नानुसारको अबस्थामा स्वत बढने व्यवस्था गरेको छ । निम्नानुसारको अबस्थमा रहेमा बिद्यार्थीहरुले एफ १ को स्टाटस सकिएपनि अमेरीकामा नै रहेर एच१बीमा आफनो स्टाटस एडजष्ट गर्न र काम गर्न सक्दछन ।

१. एफ१मा रहेका विद्यार्थीलाई अमेरीकी रोजगारदाताले अमेरीकी अद्यागमन त्रिभाग समक्ष समयमा नै अक्टोबर १ तारिख देखि कामगर्ने समय सुरु हुने गरी एच१बीको निबेदन दिएको हुनु पर्दछ ।
२. यसरी रोजगारदाताले एच१बीको निवेदन दिदाको अबस्थामा विद्यार्थीले आफनो स्टाटस बिगारेको हुनुहुदैन ।
३. अमेरीकी अद्यागमन बिभागले तोकिएको समय भित्रै एच१बिको लागि दिएको रितपुर्वकको निवेदन पाईसकेको हुनु पर्दछ ।

माथि लेखिएको अवस्था पुरा भएको अबस्थामा विद्याथीको एफ१ स्टाटस वा ओपिटीको काम गर्ने समयावधि पनि बढदछ। तर ६० दिनको ग्रेस पिरियडमा एच१बीको निवेदन परेको रहेछ भने बिद्यार्थीको कामगर्न पाऊने वर्क अथराईजेशनको समयाबधि बढदैन किनकि यस्ता विद्यार्थीको निवेदन दिने बेलामा नै कामगर्न पाऊने म्याद सकिएको हुन्छ ।

क्याप ग्यापको सुविधा पाएका बिद्यार्थीहरुले अमेरीकी रोजगारदाताका तर्फबाट अद्यागमन बिभाग समक्ष निवेदन पुगेपछि त्यस्को प्रमाण वा अद्यागमन त्रिभागले निवेदन स्वीकार गरी दस्तुर लिएर रशिद पठाएको अबस्थामा सो रशिद र रोजगारदाताले दिएको निवेदन साथ अध्ययनरत कजेजको इमिग्रेशनलाई जानकारी गराऊनु पर्दछ। यसरी जानकारी गराईसकेपछि इमिग्रेशनले विद्यार्थीलाई क्याप ग्यामको आधारमा बढाईको नया भिषा प्रदान गर्दछन ।

कुनै कारणवस क्याप ग्यामको सुविधा अन्तर्गत परेका एच१बीका निवेदनहरु अद्यागमन बिभागले अस्वीकृत वा बदर गरेमा सो गरेको मितिबाट अमेरीका छोडका लागि बिद्यार्थीले ६० दिनको ग्रेस पिरियड पाऊदछन। तर अद्यागमन बिभागले एफ१ बाट एच१बी मा स्टाटस परिवर्तन गरी पाऊ भनि दिएको निवेदनलाई बिद्यार्थीले आफनो स्टाटस बिगारि सकेको वा झुठो व्यहोरा निवेदनमा उल्लेख गरेको आदि कारण देखाई बदर गरेको अबस्थामा भने यो ६० दिनको ग्रेस पिरियड पाऊन सक्दैनन। यस्तो अबस्थामा बिद्यार्थीले तुरुन्तै अमेरीका छोडनु पर्दछ ।

क्याप ग्यापको सुबिधाको आधारमा अमेरीकामा नै बसी आफनो स्टाटस एच१बीमा परिवर्तन गरीपाऊ भनि दिएको निवेदन अमेरीकी अद्यागमन कार्यालयमा बिचाराधिन रहेको अबस्थामा अमेरीका भन्दा बाहिर गएमा त्यस्ता व्यक्ति अमेरीकामा एफ१ को स्टाटसमा प्रवेश गर्न पाऊदैन । अत यस्तो अबस्था आएमा एफ १ मा रहेका विद्यार्थीले काउन्सीलर मार्फत एच१बीको भिषा स्टाम्प लगाऊनु पर्दछ ।

क्याप ग्यापको सुविधा नपाऊने अबस्थाका बिद्यार्थीहरुले भने एच१बीको निवेदनद्धारा आफनो स्टाटस परिवर्तन गराऊनु पर्दा अमेरीका भन्दा बाहिर गै अमेरीकी काउन्सीलरको अफिस मार्फत एच१बीको भिषा स्टाम्प लगाई अमेरीका प्रवेश गर्नु पर्दछ ।

:: बिनोद रोका, न्युयोर्क राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ । हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ । तपाइहरुलाई अगाडीको जस्तै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन । यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ । तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा ईजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए टेलिफोन मार्फत कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected] वा www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एक ठाउँको रहनसहन र परम्परा अर्को ठाउँको लागि नौलो त लाग्छ नै ! यस्ता केही चालचलन पनि हुन्छन् । जुन

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ ।