राजिनामा लगायतका माग पुरा नगरेसम्म म डेग चल्दिन: डा. गोविन्द केसी

७ माघ २०७०, मंगलवार २१:३२ मा प्रकाशित

काठमाडौं, ७ माघ । शिक्षण अस्पताल महाराजगंजका प्राध्यापक चिकित्सक डा. गोविन्द केसीले डिनको पदमुक्तिलगायत माग पुरा नभइ जारी अनशन नतोड्ने दृढता ब्यक्त गर्नु भएको छ । प्राध्यापक चिकित्सक डा. गोविन्द केसीलेलाई मनाउन टिचिङ अस्पताल पुगेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरुलाई केसीले आफ्नो माग पुरा नगरेसम्म अनसन फिर्ता नलिने सपष्ट पार्नु भएको हो । आजै मंगलबार डिनको नियुक्तिलाई निस्कृय राख्न त्रिविलाई २४ घन्टे लिखित निर्देशन दिए पछि शिक्षण अस्पताल महाराजगंज पुगेका मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले झन्डै आधा घन्टासम्म केसीसँग बार्ता तोड्न अनुरोध गरेका थिए । डा. गोविन्द केसीको आमरण अनशनको समर्थन गर्दै आउनु भएका चिकित्सक डा. राजेन्द्र वाग्लेले खिलराज रेग्मीलाई डा. गोविन्द केसीको तर्फबाट भने, ‘त्रिविका पदाधिकारीको प्रपञ्च तपाईहरुले बुझ्नु भएको छैन’ ‘राजिनामा लगायतका माग पुरा नगरेसम्म म डेग चल्दिन ।’ केसीले आफ्नो स्वास्थ्य प्रतिको चासो र आन्दोलनप्रति ऐक्यवद्दताका लागि मन्त्रिपरिषदका अध्यक्ष रेग्मी, स्वास्थ्य मन्त्री विद्याधर मल्लिक र शिक्षा मन्त्री माधव पौडेललाई धन्यवाद दिएर विदा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले