नेपालको पराजय रोकिएन

७ माघ २०७०, मंगलवार २०:२८ मा प्रकाशित

हेमन्त काफ्ले, अष्ट्रेलिया, ७ माघ । क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १२ रनले पराजित गरेको छ ।
नेपालले निर्धारित ४१ ओभरको खेलमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । क्यानडाले बर्षा प्रभावित खेलमा नेपालविरुद्ब ९ विकेट गुमाउदै २५५ रन बनाएको थियो। नेपालको प्रतियोगितामा लगातार चौथो पराजय हो । यसअघि भएको पहिलो खेलमा युएइसँग १०२ को फराकिलो रन अन्तरले पराजित भएको थियो भने दोस्रो खेल स्कटल्यान्डसँग ९२ रन र तेस्रो खेल हङकङसँग १० विकेटले पराजित भएको थियो।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले शानदान ब्याटिङ गर्दै ८६ रन बनाए तर अन्य खेलाडीहरुले भने जमेर खेल्न सकेनन् । प्रदिप ऐरीले २६ रन बनाए । बसन्त रेग्मीले २५ रन बनाएर नटआउट रहे ।
कप्तान पारस खड्का, शरद भेसवाकर र विनोद भण्डारीले समान १७ रन बनाए । यसअधि क्यानडाका लागि राजा उर रहमानले सर्वाधिक ८९ रन बनाए । ९ चौका प्रहार गरेका उनले जम्मा ८७ बल खेलेका थिए ।
प्रारम्भिक ब्याट्सम्यान नितिश कुमारले ५९ बलमा ५ चौका र २ छक्काका मद्दतले ६७ रन बनाएका थिए भने हाम्जा तारिकले ३४ रन बनाएका थिए ।
नेपालका सोमपाल कामीले ३ विकेट लिए पनि नेपालका लागि तेज बलिङ महँगो साबित भएको थियो । कामीले ८ ओभरमा ६४ रन र जितेन्द्र मुखियाले ५ ओभरमा ४७ रन खर्चेका थिए ।बसन्त रेग्मीले २ एंव सागर पुन र शक्ति गौचनले १-१ विकेट लिए ।
नेपाल समुहको अन्तिम स्थानमा रहेपछि समुह “बि” को चौथो हुने टिम संग खेल्ने छ भने , समुहको चौथो स्थान हाँसिल गरे समुह बि को पाचौ हुने टोलि संग खेल्ने छ । प्ले-अफको उक्त पहिलो खेलमा जित हाँसिल गरे नेपाल डिभिजन-२ मै रहने छ भने हारे प्रतियोगिताको सबभन्दा तल्लो ९-१० स्थानको लागि प्रतिस्पर्धा गर्ने छ जहाँ पुग्नु भनेको डिभिजन-३ मा झर्नु हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई