नयाँ डिन ‘नियुक्तिको निर्णय निष्क्रिय’ : सरकार

७ माघ २०७०, मंगलवार १८:०८ मा प्रकाशित

काठमाडौं, ७ माघ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले त्रिभुवन विश्व विद्यालय शिक्षण अध्ययन प्रतिष्ठानका नयाँ डिन डा.शशी शर्मालाई काम गर्न नदिन निर्देशन दिएका छन् ।

चिकित्सक आन्दोलन र विरामीहरुको समस्याका विषयमा आज (मंगलबार) मन्त्रीहरुसँगको परामर्श पछि रेग्मीले डा.शर्मालाई डिनको जिम्मेवारीमा काम नगर्न आदेश दिएका हुन् । सो जानकारी उनले २४ भण्टा भित्र दिन पनि सम्बन्धित निकायलाई आदेश दिएका छन् ।
‘डा.गोविन्द केसीको जीवन खतरामा पर्न सक्ने अवस्थालाई दृष्टिगत गरी चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंजको डीनको पदमा डा. शशि शर्मालाई नियुक्त गर्ने त्रिभुवन विश्वविद्यालयवाट भएको निर्णय कार्यान्वयनको जे जस्तो चरण र अवस्थामा रहेको भए तापनि सो निर्णयलाई निष्क्रिय गरी निर्णय कार्यान्वयन नगर्न नगराउनु,’ आदेशमा भनिएको छ ।
अध्यक्ष रेग्मीले २४ घण्टा भित्र सो को जानकारी पठाउन पनि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई लेखि पठाई सकेको आदेशमा उल्लेख छ ।
‘विभिन्न मागहरु राखी शिक्षण अस्पताल महाराजगंजमा अनसनमा वस्नु भएका प्रा.डा.गोविन्द केसीलाई तत्काल अनसन अन्त्य गर्न नेपाल सरकार पुन: आग्रह गर्दछ,’ रेग्मीले भनेका छन्, ‘डा.गोविन्द केसीले उठाउनु भएका अन्य मागहरुका सम्वन्धमा वार्ता र छलफलबाट संम्बोधन गर्न सकिने नै हुँदा सरकार सदैव तत्पर रहेको छ ।’
डा.शर्मालाई डिनमा नियुक्ति गरे पछि आएको समस्या र बिवाद पछि चिकित्सकहरुले आन्दोलन गर्दै आएका छन् । चिकित्सकहरुको आन्दोलनले गर्दा मुलुक भरिका सर्वसाधारणहरुले सास्ती बेहोर्नु परेको छ ।
डिन नियुक्तिलाई लिएर असन्तुष्ट चिकित्सक डा.गोविन्द केसी विगत दश दिन यता अनसन बस्दै आएका छन् । उनको अवस्था गम्भीर बन्दै गएको छ । चिकित्सकहरुले पनि आकस्मिक बाहेकका सेवा सबै बन्द गरे पछि पनि सरकारलाई डिन नियुक्ति प्रकण महँगो भएको छ ।
यस अघि पनि अध्यक्ष रेग्मीले डिन नियुक्ति तत्काल नगर्न आफूले आदेश दिएको जनाई सकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको