लुकाएर राखिएको चितुवाको छाला बरामद

७ माघ २०७०, मंगलवार १८:०५ मा प्रकाशित

बैतडी, ७ माघ । दार्चुला जिल्लाको रानीशिखर–३ मा चितुवाको छाला फेला परेको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट गएको प्रहरीले ६ फिट लम्बाई र २ दशमलव ५ फिट चौडाईको छाला फेला पारेको हो ।
स्थानीय उमापति भट्टको खेतको छेउमा रहेको खन्नेको रुखमा लुकाएर राखिएको अवस्थामा दुई वटा प्वाल परेको छाला फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका निरीक्षक बलराम बिष्टले जानकारी दिए ।
स्थानीयले दिएको सुराकीका आधारमा प्रहरीको गस्ती टोलीले छाला फेला पारेको बिष्टले बताए । भट्टको घर भन्दा केही पर छाला फेला परेको हो ।
छाला अनुसन्धानका लागि इलाका वन कार्यालय गोकुलेश्वरमा बुझाइएको छ ।
बन्यजन्तुका छाला तस्करहरुले धारचुलाको बाटो भएर तिंकर निकासी गर्ने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट