सहमतिको सरकारबाटै संविधान बनाउन प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

६ बैशाख २०६९, बुधबार १६:१० मा प्रकाशित

काठमाडौ, ६ बैशाख । राष्ट्रपति डा. रामवरण यादवले सहमतिको सरकार गठन गरी संविधान निर्माणको काम पूरा गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सुझाव दिनुभएको छ । आज बिहान भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिनुभएको हो । सहमतिको सरकार गठन गर्दा नागरिकमा सकारात्मक सन्देश जाने र त्यसले संविधानका विवादित बुँदाहरूमा सहमति जुटाउन पनि सहज हुने विश्वास राष्ट्रपतिको छ । राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुग्नुभएका प्रधानमन्त्री भट्टराईले शान्ति र संविधान लेखनमा भएका पछिल्ला प्रगतिबारे जानकारी गराउनुभएको थियो । दलहरूको ध्यान संविधान लेखनमा केन्द्रीत भएको र विवादित विषयहरुमा अब केही दिनमै सहमति जुट्ने विश्वास प्रधानमन्त्रीलाई दिलाउनुभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।