सडक बालबालिकालाई सहयोग गर्न “नयाँ”को क्रुज पार्टी

७ माघ २०७०, मंगलवार ०७:४१ मा प्रकाशित

हेमन्त काफ्ले, अष्ट्रेलिया, ७ माघ । नेपाली अस्ट्रेलियन युथ एसोसिएसन (नयाँ) को आयोजनामा सिड्नीमा क्रुज पार्टी सम्पन्न भएको छ । गत शनिवार साँझ करिव ४ घण्टा सम्म संचालन भएको क्रुज पार्टी सिड्नीमा हरेका करिव चारसय जना नेपालीहरु सहभागि भएको नयाँका संयोजक ज्ञानेन्द्र रेग्मीले जानकारी दिए । नयाँ वर्ष २०१४ लाई परिवार सँग उल्लासमय रुपमा मनाउन आयोजना गरिएको यो कार्यक्रममा नेपालबाट अस्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको नयाँ अध्यक्ष कोमल पाठकले बताए । कार्यक्रममा राफल, डिजेको प्रस्तुतिका साथै बालबालिकाहरुको लागि क्विज कार्यक्रम गरिएको थियो । नेपलका सडक बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग गर्नु पनि यो कार्यक्रमको उद्देश्य रहेको कोषाध्यक्ष प्रकास खरेलले जानकारी दिए । कार्यक्रममा सिड्नीमा रहेका गैर आवासिय नेपालीसंघका प्रतिनिधिहरु, यहाँका नेपाली समुदयका अगुवा र ब्यवसायिहरुको पनि उपस्थिति रहेको थियो । एनआरएनका प्रवक्ता मन केसी लगायत बक्ताहरुले नयाको सफलताको कामना गरेका थिए ।
घाइते भएका बालकलाई नयाँको सहयोग:
यसैबिच दोसो संविधानसभाको निर्वाचनका दिन भोटेबालमा भएको बम विष्फोटमा परी घाइते भएका एक बालकलाई अष्ट्रेलियाबासी नेपालीहरुले सहयोग गरेका छन् । मंसिर ४ को चुनावका दिन विहान घरवाहिर खेलिरहेको समयमा भएको बम विष्फोटमा परी घाइते भएका बालक समिर खड्कालाई नेपाल अष्ट्रेलिया युथ एशोशिएशनले एक लाख ११ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग रकम आइतवार बालक खड्कालाई उनकै घर पुगेर काँग्रेस महामन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का