तरकारी खेतीबाट आत्मनिर्भर

६ बैशाख २०६९, बुधबार १६:०१ मा प्रकाशित

सुर्खेत, ६ बैशाख । सुर्खेत जर्बुटा–७ का विष्णु सापकोटा तरकारी खेती गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । धेरै युवाहरुको आर्कषण वैदेशिक रोजगार परिरहेका बेला २८ वर्षिय सापकोटाले आत्मनिर्भरको  पाटो तरकारी खेतीलाई रोज्नु भएको हो । पहिला पैसा धेरै कमाई हुन्छ भनेर बाहिरी देशहरु गएता पनि आफ्नै परिश्रमको नोक्सानी भएको ठान्दै अन्तत आफ्नै गाँउ–ठाँउमा फर्किएर तरकारी खेती रोजेको सापकोटाको भनाइ छ । आफ्नो बारीमा सिमि, बोडी, बन्दा, टमाटर खुसार्नी लगायतका तरकारी खेती उव्जाउनुभएका सापकोटाले वार्षिक ५०÷६० हजार कमाउनु हुन्छ । सापकोटाले उव्जाएको तरकारी सदरमुकाम वीरेन्द्रनगर बजारमै खपत हुने गरेको छ । बैदेशिक रोजगारीको समेत अनुभव संगाली सक्नुभएका सापकोटाले अन्य युवाहरुलाई समेत आफ्नै देशमा  मेहेनत  गरेर आत्मनिर्भर बन्न सुझाव दिनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर