सोझी छिन बिमला, म कान्छी च्यापेर दम्पच भएको हैन, दिल्ली गएको थिएँ: पण्डित दिनबन्धु पोखरेल

७ माघ २०७०, मंगलवार ००:०७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, बाल्टिमोर, ७ माघ । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले औपचारिक रुपमै आफ्नो दोस्रो बिबाह र नयाँ प्रेम सम्बन्ध सार्वजनिक गरेका छन् । लामो समय आफ्नो दोस्रो बिबाहको खण्डन गर्दै आएका पण्डित दिनबन्धु पोखरेलले यो साता उनकी पहिलो पत्नीले सौता हालेको बिषयमा सार्वजनिक रुपमै आपत्ति जनाए पछि आफ्नो दोस्रो बिबाह र नयाँ प्रेम सम्बन्ध स्वीकारेका हुन् ।

पण्डित दिनबन्धु-पत्नी बिमलाले पण्डित पोखरेलकै सामुन्ने भनिन्, ‘उहाँले ममाथि सौता हाल्नुभयो !’, बिबादका बीच यो साता टोल छिमेकी र पहिलो पत्नी बिमलाको माइती समक्ष पोखरेलले भने,”यिनी सोझी छन, म कान्छी च्यापेर दम्पच भएको हैन, ऋषि धमलासँगै दिल्ली गएको थिएँ, बल्ल फर्कँदैछु, सबै कुरा मिलाउँदैछु, म यिनीमाथि अन्याय हुन दिन्न ।’

वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले आफ्ना पिता बाचन शिरोमणि स्वर्गीय नारायण पोखरेलको तत्कालिन जनयुद्दताका माओबादीद्वारा बुटवलमा हत्या गरिए पछि आफ्ना बाबुको पथ पछ्याउदै धर्म मार्फत सामाजिक सेवाको अभियान सुरु गरेका थिए ।

पुराण र धार्मिक प्रवचन मार्फत देश बिदेशमा अरबौ रुपिया संकलन गरेर स्कुल, बाटो, अस्पताल, पाटी पौवा निर्माण गरेर छोटो समयमै ख्याति कमाउन सफल वाचन प्रविणका नामले चर्चित पण्डित दिनबन्धु पोखरेललाई यस अघि उनका सहयोगीहरुले स्त्री लम्पट भएको र ठुलो आर्थिक हिना मिना गरेको आरोप लगाउदै विभिन्न संचार माध्यममा समाचार सार्वजनिक भएको थियो ।

वाचन प्रविण दिनबन्धु पोखरेलका पिता वाचन शिरोमणि नारायण पोखरेलको हत्यामा माओबादीलाई उपयोग गरि तत्कालिन विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष पुर्व शाही नातेदार भरत केशर सिंहको संलग्नतामा भएको आशंका गरिएको थियो । आफ्ना पिताको हत्याको बदला लिन र शाही नातेदार भरत केशर सिंहलाई विश्व हिन्दु महासंघ नेपालबाट हटाइ आफ्नो नेतृत्वमा  विश्व हिन्दु महासंघ नेपालको नेतृत्वमा स्थापित हुन पंडित दिनबन्धु पोखरेल नेपालस्थित भारतीय दुतावाश र रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला मार्फत भारतीय संस्थापन पक्ष र भारतीय स्वयम सेवक संघ रिझाउन मित्र राष्ट्र भारतको नियमित भ्रमणमा रहेका छन् । यस अघि वाचन प्रविण दिनबन्धु पोखरेलका बारेमा राजधानीबाट प्रकाशित हुने जन आस्था साप्ताहिकले यतो समाचार प्रकाशित गरेको थियो ।

रुपन्देहीको मुर्गीयास्थित घिमिरेकी छोरी विमलासँग विवाह गरेका दीनबन्धुले हाल उनलाई चितवन बैरियामा राखेका छन्। तीन वर्षकी छोरी दिविसा पनि साथमै छिन्। तर, आफूचाहिँ तनहुँ, डुम्रेकी यशोदासँग विवाह गर्ने वाचा गरिरहेका छन्। दीनबन्धुले यस्तो प्रस्ताव राखेपछि यशोदाले आफ्नी दिदीलाई यो कुरा सुनाइन्। त्यसपछि चितवनको पार्वतीपुरमा दीनबन्धुकी ठूलीआमाको घरमा छलफल भयो। त्यहाँ उनले यशोदाकी दिदीलाई भने, ‘मसँग भोलि मेरी आमा र तपाईँकी बहिनी मात्रै हुनेछिन्।

विमलासँग मेरो घरबार चल्दैन’ यस्तो कुरा चलेको केही समय बितिसक्यो। तर, दीनबन्धु न विमलासँग सम्बन्ध विच्छेद गरिरहेका छन्, न यशोदालाई विवाह गर्छु भन्न छाडेका छन्। बरु, काठमाडौँको कलंकीस्थित एलआरआई स्कूलपछाडि लक्ष्मी घिमिरे नामक महिलालाई घर बनाइदिएका छन्। त्यहाँ पनि त्यही भनेका छन्, ‘विमलासँग मेरो घरबार चल्दैन।’

दीनबन्धुका बुबा वाचन शिरोमणि पं. नारायणप्रसाद पोखरेल स्मृति प्रतिष्ठनको भ्रातृ संस्था मातृशक्तिकी अध्यक्ष लक्ष्मीले पहिल्यै बुटवलका तुलसीसँग विवाह गरेकी थिइन्। र, अहिले दीनबन्धुको भर परेर बसेकी छिन्। उनको यस्तो आचरणमा परिवारले आपत्ति जनाउँदै आएको छ। सुध्रनुको सट्टा उनले सँगै हिँड्ने गरेका दाइ सुन्दरलाई आफ्नो टोलीबाट हटाइदिएका छन्।

पुराण वाचन गर्दा आफ्ना पछाडि तीन जना रुपमति राख्नुपर्ने। तीमध्ये एकलाई उनले रोज्नुपर्ने र तिनलाई मन्त्र सिकाउने नाममा बन्द कोटमकम लैजानुपर्ने नियमका कारण चितवनको प्रेमवस्ती र स्याङ्जाको गल्याङमा बबाल नै मच्चियो। पीडितमध्येकी हुन्, नवलपरासीस्थित अरुणखोलाकी विन्दु पन्थी। थोरै पैसा दिने र धेरै काम लगाउने दीनबन्धुले पोल खुल्ने डरले उनलाई मकवानपुरको पालुङमा आयोजित महायज्ञबाट निकालिदिएका छन्।

आर्थिक रुपमा पनि इज्जत फालेर काम गरी उनले रुपन्देहीको मणिग्राममा एक करोड ६५ लाख बराबरको जग्गा खरिद गरेका छन्। आफ्ना बुबाको नाममा स्थापित प्रतिष्ठानको नाममा आयोजकसँग रकम उठाउँदै चितवनको पार्वतीपुरमा १८ कठ्ठा, बैरियामा पाँच कठ्ठा जमिनमा ४० लाखको घर, कलंकीमा सात आना दुई पैसा जग्गा, बानेश्वरको चेल्सी कलेज अगाडि आठ आना, ढुंगेधारा, राधाकृष्ण मन्दिरअगाडि १० आना जग्गा र सामाखुसीको रेडन कलेजमा शेयर लगानी गरेका छन्।

उनले प्रत्येक महायज्ञबाट बुबाको नाममा प्रतिष्ठानको कोषमा जम्मा हुने गरी ५० हजार अतिरिक्त रकम माग गर्दछन्। तर, प्रतिष्ठानको खातामा २० हजार हालेर बाँकी आफूले राख्ने गरेका छन्। १४ जनाको भजन टोलीसहित हिँड्ने उनको सो टोलीका लागि दुई लाख ५० हजार अतिरिक्त खर्च लिने गर्दछन्। तर, ८० हजार बाँडेर बाँकी आफूले राख्ने गरेका छन्।

रामकोटमा बुबाको नामको प्रतिष्ठान खडा गर्ने नाममा पोहोर खुलामञ्चमा महायज्ञ भयो। त्यसबाट पाँच करोड उठ्यो। तर, न रामकोटमा प्रतिष्ठान खडा भयो, न त सो हिसाबै कतै देखाइयो।

बनेपाको उग्रेश्वर महादेवमा उनले नाटकीय पारामा आयोजकसँग यारिस गाडी फुत्काएका छन्। अरुबेला स्फटिक र रुद्राक्षको माला लगाएर मञ्चमा देखिने दीनबन्धु यारिस चढेपछि स्पोर्टस् सुज, ट्र्याक र ब्रान्डेड भेस्टमा सजिन्छन्। त्यस्तो भेषमा उनी शंखमुल ओरालोको होटल सनसेटभ्यु, नयाँ बानेश्वरस्थित होटल एभरेस्ट, चितवनको गंगोत्री होटल, मनकामनाको रिभरसाइड रिसोर्ट र धुलिखेल रिसोर्ट लजमा देखिने गर्दछन्।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्