कम्बोडियाली प्रधानमन्त्री र प्रा. सुवेदीबीच वार्ता

६ माघ २०७०, सोमबार २२:४९ मा प्रकाशित

लन्डन, ६ माघ । कम्बोडियाका लागि संयुक्त राष्ट्रसंघका मानवअधिकार सम्वन्धि विशेष दूत प्रा. डा. सूर्य प्रसाद सुवेदीले उक्त देशका प्रधानमन्त्री हुनसेनसँग झण्डै साढे तीन घण्टा लामो वार्ता गरेका छन् । राजधानी न्होमपेन्हमा भएको वार्तामा सुवेदीले उक्त देशको शासकीय पद्धतिमा हुनुपर्ने सुधारबारे आफ्ना सुझाव प्रस्तुत गरे । क्याम्बोडियाको भ्रमणमा रहेका प्रा. सुवेदीले विपक्षी दलका प्रमुख नेताहरुसँग समेत वार्ता गरि उक्त देशमा विद्यमान राजनीतिक संकटको समाधानबारे विचार आदानप्रदान गरेका थिए । दुई वर्ष अघि प्रा. सुवेदीले कम्बोडियाको मानवअधिकार स्थितिबारेमा संयुक्त राष्ट्रसंघलाई बुझाएको प्रतिवेदनमा असन्तुष्ट व्यक्त गरि प्रधानमन्त्री हुनसेनले सुवेदीलाई ‘नेपालजस्तो संविधान नै बनाउन नसकेको मुलुकको व्यक्ति’ भन्ने जस्तो व्यक्तिगत आक्षेपपूर्ण आलोचना गरेका थिए । तर, प्रा. सुवेदीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा व्यापक समर्थन र कम्बोडियामा शासकीय सुधारका लागि व्यापक आन्दोलन सुरु भएपछि प्रधानमन्त्री हुन सेनले प्रा. सुवेदीसँग सहकार्य गर्न तयार भएका हुन् । सुवेदीसँगको उक्त लामो वार्ताका क्रममा प्रधानमन्त्री हुनसेनले प्रा. सुवेदीका शासकीय सुधारबारेका सुझावहरु कार्यान्वयन गर्न थालिने आश्वासन दिएका जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी