गौरीशंकर संरक्षण क्षेत्रमा व्यापक वन फडानी

६ बैशाख २०६९, बुधबार १६:०१ मा प्रकाशित

दोलखा, ६ बैशाख । गौरीशंकर संरक्षण क्षेत्र आयोजना अन्र्तगत संरक्षित जंगलमा व्यापक वन फडानी भएको छ । विना पुर्व जानकारी निजि वनको नाममा संरक्षण क्षेत्र भित्र पर्ने रामेछाप र दोलखाको सिमामा पर्ने गुम्देल गाविस ९ स्थित सेरदुङ जंगलमा अनियन्त्रित रुपमा करिब एक करोड मुल्य बराबरको २० हजार क्युफिट काठ फडानी भएको छ । वन फडानी गरी निकासी गर्न लागिएको आयोजनाले जानकारी पाएपछि रोकिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना दोलखाका प्रमुख सत्यनारायण शाहले जानकारी दिनुभयो । शाहका अनुसार करिब ३५० रुख निकासी गर्न तयार पारिएको र करिब एकसय भन्दा बढी रुख ढालिएको अवस्थामा रहेको छ । फडानी गरिएका रुखहरु एकसय वर्ष पुराना रहेको र रुखहरु धुपी, ठिंग्रे सल्लालगायतका छन् । गौरीशंकर संरक्षण क्षेत्र आयोजना व्यव्स्थापन समिति गुम्देलले अवैध कटानी भएको काठ रोक्न अनुरोध गरे पश्चात संरक्षण क्षेत्र आयोजनाले आयोजनाका प्राविधिक र सम्पर्क अधिकारीको कार्यालयबाट प्राविधिक जाँच गर्दा सार्वजनिक वनको बीचमा नीजि वन दाबी गरी व्यापक वन फडानी भएको पाइएको शाहले जानकारी दिनुभयो । संरक्षण क्षेत्र भित्र पर्ने जंगलमा जिल्ला वन कार्यालय रामेछापले स्थलगत रुपमा कटान हुने रुखको आवश्यक जाँजबुझ नगरी कटान आदेश र छुट पुर्जीसमेत दिएपछि जंगल फडानी सुरु भएको स्रोतले दाबी गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको