थापाद्धारा पद तथा गोपनीयताको सपथग्रहण

६ माघ २०७०, सोमबार १७:३१ मा प्रकाशित

काठमाडौं, ६ माघ । जेष्ठ सभासद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रपति डा.रामवरण यादव समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज (सोमबार) आयोजित विशेष कार्यक्रममा सभासद थापाले सपथ लिएका हुन् । उनले अन्य सभासदहरुलाई भोलि मंगलबार पद तथा गोपनीयताको सपथ गराउने थापाका सहयोगी किरण गिरीले जानकारी दिए ।
लामो राजनीतिक जीवन विताई सकेका थापा पांच पटक प्रधानमन्त्री बनिसकेका छन् । थापा राप्रपाबाट समानुपातिक तर्फका सभासद हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिए पछि सभासद थापाले सिंहदरबार पुगेर पदभार समेत सम्हालेका छन् । थापा ८६ वर्ष पुगेका छन् ।
कानूनी प्रावधान अनुसार संविधानसभाको जेष्ठ सदस्यले राष्ट्र प्रमुखसंग सपथ लिएर अन्य सभासदहरुलाई सपथ गराउने व्यवस्था छ । अर्को व्यवस्था नभए सम्मका लागि थापाले नै संविधानसभाको अध्यक्ष र व्यवस्थापिका संसदमा सभामुखको भूमिका निभाउने छन् ।
सपथग्रहणको कार्यक्रममा उपराष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष, मन्त्री, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्री, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच, थापाले मंगलबार सभासदहरुलाई सपथ दिलाउने छन् । सपथका लागि मंगलबार विहान साढे दश बजे सभासदहरुलाई बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बोलाएको कांग्रेसका सभासद महेन्द्र यादवले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल