आत्मदाह गर्न खोज्ने अर्की/मृत्यु अर्कैको

६ माघ २०७०, सोमबार १७:२३ मा प्रकाशित

धनगढी, ६ माघ । कैलालीमा एकजना महिलाले आत्मदाह गरेको देख्दा अर्की महिलाको बेहोस भएर ज्यान गएको छ ।
धनगढी नगरपालिका–२, सन्तोषीटोलकी २७ वर्षीया हेमा ओझाले आज (सोमबार) आफ्नै शरीरमा मट्टीतेल खनाएर आगो लगाई आत्मदाह गर्न खोजेकी थिईन् । उनको शरीरभरि आगो दन्किए पछि नजिकै रहेकी स्थानीय २६ वर्षीया लक्ष्मी बिक बेहोस भई लडेकी हुन् ।
बेहोस भएर लडेकी बिकको उपचारका क्रममा सेती अञ्चल अस्पताल धनगढीमा मृत्यु भएको इमेरजेन्सी वार्डका इन्चार्ज कृष्ण बोहराले जानकारी दिए । मृतक बिकका दुई छोराछोरी छन् ।
आत्मदाह गर्न खोज्ने ओझाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको इन्चार्ज बोहराले बताए । ओझाको मानसिक अवस्था ठीक नरहेको आफन्तले जनाएका छन् । अविवाहित ओझा धनगढीस्थित सुदूरपश्चिमाञ्चल एकेडेमीमा एमएड दोस्रो वर्षमा अध्ययनरत हुन् ।
ओझाले किन आत्मदाह गर्न खोजेकी हुन भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।