‘आफ्ना अधिकार रक्षा गर्दा अरुको पनि ध्यान देउ’

६ माघ २०७०, सोमबार १७:२२ मा प्रकाशित

काठमाडौं, ६ माघ । राष्ट्रिय मानव अधिकार आयोगले उपचार गर्न पाउनुपर्ने नागरिकको मानव अधिकारको रक्षा गर्न अपील गरेको छ ।
आयोगले आज (सोमबार) विज्ञप्ति जारी गरेर प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था र चिकित्साकर्मीहरूको आन्दोलनबाट स्वास्थ्य सेवाग्राहीमा पर्न गएको असुविधाबारेमा चिन्ता जनाएको हो । आयोगले सरोकारवालाहरुलाई समस्या समाधान तर्फ ध्यान दिन पनि भनेको छ ।
‘अनुगमनबाट प्राप्त तथ्यअनुसार डा.केसीको स्वास्थ्य अवस्था झन् नाजुक बन्दै गएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिकित्साकर्मीहरूको आन्दोलनबाट सरकारी अस्पतालहरूको सेवा बन्द हुँदा सर्वसाधारण नागरिकले असंख्य सास्ती र हैरानी खेप्नुपरेको छ ।’
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका डा.केसी सात सूत्रीय मागसहित आमरण अनसनमा बसेको घटनाबाट उत्पन्न असहज परिस्थितिप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।
आयोगले चिकित्साकर्मीद्वारा जारी राखेको आन्दोलनबाट ‘मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणपत्रमा कुठाराघात भएको समेत उल्लेख गरेको छ ।
‘आफ्ना अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् गर्न हुन्न,’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मान्यतालाई आत्मसात गर्न आवश्यक छ ।’
उसले चिकित्साकर्मीहरूको हालको आन्दोलन पेशागत मर्यादा र मानवीय संवेदनाविपरीत देखिएको भन्दै यसबाट जनस्वास्थ्यमा गम्भीर आघात परेको उल्लेख गरेको छ ।
मानिसको आधारभूत मानव अधिकारको रूपमा रहेको स्वास्थ्यको अधिकारमाथि नै गम्भीर आघात पुग्ने गरी भइरहेका गतिविधिहरूप्रति सचेत हुने आयोगले आग्रह गरेको छ । आयोगले डा.केसीका साथै स्वास्थ्य क्षेत्रमा देखिएको समस्यामा ध्यान दिई समाधान तर्फ जान आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा