दस करोड लागतमा अत्याधुनिक माछा बजार बन्दै

६ माघ २०७०, सोमबार ०७:३४ मा प्रकाशित

काठमाडौं, ६ माघ । सरकारले १० करोड रुपैयाँको लागतमा उपत्यकामा माछा बजार निर्माण गर्ने भएको छ । दैनिक ६ हजार किलो माछा खपत हुने गरे पनि अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक माछा बजार निर्माण गर्न लागिएको हो । सुविधायुक्त बजार नभएकाले राजधानीको बालाजुमा छुट्टै बजार बन्न लागेको छ । पछिल्लो समय माछाप्रति उपभोक्ताको आकर्षण बढ्दै गएपछि सरकारले आफ्नै लगानीमा माछा बजार स्थापना गर्ने योजना अघि बढाएको हो ।
कृषि विकास मन्त्रालयका अन्तर्गत व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले करिब १० करोडको लगानीमा बजार निर्माणको प्रक्रिया अघि बढाइएको हो । प्याक्टका कार्यकारी प्रमुख योगेन्द्र कार्कीले माछा बजार निर्माणका लागि आगामी तीन महिनामा सक्ने गरी विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) को काम पनि सुरु गरिसकिएको जानकारी दिए । माछाको बढ्दो खपतलाई ध्यानमा राख्दै यो योजना अघि बढाइएको उनको भनाइ छ ।
राजधानीमा अहिलेसम्म माछाको र छुट्टै सुविधासम्पन्न माछा बजार नभएकाले यो कार्यक्रम अगाडि बढाइएको उनको भनाइ छ । डीपीआर र वातावरणीण प्रभाव मूल्यांकनको प्रतिवेदन आएपछि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेर निर्माण कार्य अगाडि बढाइने प्रमुख कार्कीले भने, ‘यो बजारलाई सरकारले नमुनाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ ।’
प्याक्टका अनुसार सो बजारको अवस्था हेरेर पाँचै विकास क्षेत्रमा यस्तै माछा बजार निर्माण गर्ने योजना छ । माछा बजारका लागि जग्गासमेत सरकारले नै उपलब्ध गराउने निर्णय भएको उनले भने, ‘माछा बजार निर्माण लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा आर्थिक सहयोग प्याक्टले उपलब्ध गराउनेछ । ’
प्याक्टको योजनाअनुसार निर्माण हुने माछाबजारबाट सबै जातका माछा थोकमूल्यमा उपभोक्तालाई बिक्री गरिनेछ । बाहिरी जिल्लाबाट माछा ओसारपसार गर्न डिप फ्रोजन सुविधासहितको सवारी साधनको व्यवस्था गरिने उनले जानकारी दिए । उनका अनुसार बजारमा किसानले उत्पादन गरेका माछा सिधै ल्याइने व्यवस्था गरिने छ । मुलुकमा वार्षिक २ अर्ब रुपैयााबराबरको माछा भारतलगायत अन्य मुलुकबाट आयात गरिन्छ । पछिल्लो तथ्यांकअनुसार वार्षिक ८ हजार ७ सय मेट्रिक टन माछा आयात हुादै आएको छ ।
मुलुकमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा ५७ हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । त्यसमध्ये ३६ हजार मेट्ििरक टन व्यावसायिक रूपमा पालेर उत्पादन हुन्छ । बाँकी २१ हजार मेट्रिक टन माछा प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ । नेपाल माछा व्यवसायी संघका अध्यक्ष सुरेश यादवका अनुसार राजधानीमा २ सय ५० जना व्यापारीमार्फत दैनिक ६ हजार किलो माछा बिक्री हुादै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका