कोहलपुरमा राष्ट्रिय प्रांगारिक कृषि मेला

६ माघ २०७०, सोमबार ०७:३० मा प्रकाशित

नेपालगन्ज – सातौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी–२०७० को बाँकेको कोहलपुरस्थित कृषि उपजबजार स्थलमा आइतबारदेखि सुरु भएको छ । सो मेलाको उद्घाटन गर्दै कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनालले दैनिक उपभोगमा प्रयोग गरिने कृषि उपजलाई प्रांगारिक बनाए मात्र नागरिकको स्वास्थ्य सुधारमा सहयोग पुग्ने बताए । सातौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी–२०७० को बाँकेको कोहलपुरस्थित कृषि उपजबजार स्थलमा आइतबार उद्घाटन गर्दै उनले सरकारी तथा गैरसरकारी निकायबाट कृषिमा लगानी गर्न हिच्किचाउन नहुने बताए ।
उनले उच्च तहसम्म अध्ययन गरेका व्यक्तिहरूले कृषि व्यवसाय नगर्ने परिपाटीले मुलुकको आर्थिक वृद्धि हुन नसकेको धारणा राखे । मंगलबारसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादन राखिएका छन् । सयओटा स्टल रहेको प्रदर्शनीमा मध्यपश्चिमका १५ ओटै जिल्ला कृषि विकास कार्यालय, कृषिको क्षेत्रमा कार्यरत गैरसरकार कार्यालय तथा कृषक र कृषिसँग सम्बन्धित समूहले स्थानीय उत्पादन प्रचारका लागि राखिएको छ ।
आफ्नो प्रदर्शनी ल्याएर बाँके पुगेका विभिन्न जिल्लाका कृषि विकास कार्यालयका प्रतिनिधिले मेला अवलोकनकर्तालाई आफ्ना उत्पादनबारे जानकारी दिइरहेका छन् ।
कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयअन्तर्गत कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम र मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको आयोजनामा भएको प्रदर्शनीलाई बाली संरक्षण निर्देशनालय ललितपुर, साना तथा कृषक आयस्तर वृद्धि आयोजना बाँके, उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतको सहआयोजकका रूपमा रहेका छन् ।
त्यस्तै, उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार आयोजना ललितपुर, बाँकेका रझेना र कोहलपुर गाउँ विकास समितिको कार्यालयले प्रदर्शनीका लागि सहयोग गरेका आयोजकले बताएका छन् ।
‘प्रांगारिक कृषि अभियान, स्वस्थताको पहिचान’ भन्ने नाराका साथ कृषि उपज बजार केन्द्र कोहलपुरमा जारी मेलामा जैविक तथा प्रांगारिक कृषि उपजको उत्पादन तथा प्रवर्धनका सामग्री राखिएका छन् ।
मेलामा विभिन्न जिल्लाका स्टल रहेको कृषि कार्यालय बाँकेका प्रमुख राजेन्द्र प्रधानले जानकारी दिए । मेलामा फलफूल, तरकारी, अन्न बाली, तेलहन, दलहन, माछा मासु, जडीबुटी, परम्परागत बालीहरु, च्याउ, मौरीजन्य उत्पादन लगायत अन्य कृषि तथा पशुजन्य उपजहरू प्रर्दशनीमा राखिएका छन् । व्यावसायिक तरकारी, बेमौसी तरकरी उत्पादनका विषयमा जनाकारी गराइनुका साथै प्रर्दशनी स्थलमापनि निःशुल्क आ–आप्mनो उत्पादनको प्रदर्शनी गर्न सक्ने आयोजकले व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैँ सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधिमण्डलसँगको

काभ्रे । जिल्लाको पनौती नगरपालिका वडा नं २ र १२ को सिमाना मापदण्ड मिचेर सञ्चालित ढुंगाखानीका कारण स्थानीयले सास्ती खेपेका