सिरिया युद्धमा ६ लाख घाइते

६ माघ २०७०, सोमबार ०७:१७ मा प्रकाशित

बेरुत / एजेन्सी– सिरियामा जारी गृहयुद्धका क्रममा कम्तीमा पनि ६ लाख सिरियाली नागरिक घाइते भएको र तीमध्ये धेरैले आधारभूत स्वास्थ्य सेवा तथा उपचारबाट वञ्चित भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले दिएको जानकारीअनुसार त्यहाँका घाइतेहरूको अवस्था पनि अत्यन्तै गम्भीर रहेको पाइएको छ ।
आईसीआरसीले सिरियामै लाखौं व्यक्ति विस्थापित भएको उल्लेख गरेको छ । त्यहाँका दसौं लाखलाई पक्राउ गरिएको पति बताइएको छ । उनीहरूको अवस्था पनि नाजुक रहेको छ ।
घाइतेले राम्रोसँग उपचार नपाएको र दीर्घ रूपमा घाइतेले आवश्यक उपचार नपाएको पनि बताइएको छ । आईसीआरसीले सिरियाली सरकार तथा विद्रोहीलाई ३३ महिनाको यस द्वन्द्वबाट प्रभावित सबैसम्म मानवीय सहयोग दिन आग्रह गरेको छ ।
यसअघि राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले सिरियाका आधा जनता अर्थात् २ करोड ३० लाख जनताले खाद्य असुरक्षा भोगेको र एक तिहाइ जनतालाई तत्कालै सहयोग आवश्यक भएको जानकारी दिएको थियो ।
यस क्षेत्रमा कार्यकर्ताहरूले भोकमरी, औषधि तथा उपचार उपकरणको अभावका विषयमा निकै पीडादायक सूचना दिएका छन् । आईसीआरसीले विस्थापित भएका तथा छिमेकी मुलुकमा शरण लिएका लाखौं जनतामाथि अझै पीडा थपेको जानकारी दिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको द्वन्द्वका कारण हालसम्म १ लाख ३० हजार जनताको मृत्यु भएको र लाखौं व्यक्ति आङ्खनो घर छोड्न बाध्य भएको जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका