नेपाल विद्यार्थी सङ्घको विवाद मिलाएरै छाड्ने देउवाको प्रतिबद्धता

६ बैशाख २०६९, बुधबार १६:०० मा प्रकाशित

काठमाडौ, ६ बैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट पक्षका माग पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । नेविसङ्घको ४२औँ स्थापना दिवसको अवसरमा नेविसंघ केन्द्रीय कमिटीबाट राजीनामा दिएका सदस्यहरुका तर्फबाट आज राजधानीमा गरिएको ‘शुभकामना आदान–प्रदान तथा चियापान’ कार्यक्रममा नेता देउवाले प्रजातान्त्रिक परिपाटी मजबुत बनाउनका लागि नेविसङ्घको असन्तुष्ट पक्षले राजीनामा दिनु सकारात्मक भएको बताउनुभयो । उहाँले पार्टी एकताको सहमति विपरीत संस्थापन पक्षले नेविसङ्घको कार्य समिति गठन गरेको हुँदा त्यसलाई तत्काल सच्चाउन आग्रह गर्दै सङ्घलाई पार्टीको हस्तक्षेपबाट टाढा राखिनुपर्ने बताउनुभयो । नेविसङ्घ असन्तुष्ट पक्षका ऋषिजङ शाहले संस्थापन पक्षको निर्णय सच्चाइनु पर्ने भन्दै त्यसो नगरिए केन्द्रीय समितिबाट राजीनामा दिएका २८ जनाले फेरि अर्को संघ खोल्ने चेतावनी दिनुभयो । कार्यक्रममा देउवा पक्षका नेताहरु सहभागी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

काठमाडौँ । पछिल्लो समय राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गर्न आउने बिरामी बढेका छन् । दुई महिनाअघि यस अस्पतालको बहिरङ्ग सेवामा