एमाओवादी सभासद्विरुद्ध सर्वोच्चमा रिट

६ माघ २०७०, सोमबार ०५:११ मा प्रकाशित

काठमाडौ, ६ माघ । एकीकृत नेकपा माओवादीका समानुपातिकतर्फका सभासद् लालेन्द्रप्रसाद मण्डललाई ‘तत्काल पक्राउ गरी कारबाही अघि बढाउन र सभासद्का रूपमा शपथ ग्रहण रोक्न’ माग गर्दै सर्वोच्च अदालतमा आइतबार रिट निवेदन दर्ता भएको छ ।
हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतले पक्राउ वारेन्ट जारी गरेकै अवस्थामा उनलाई सभासद् बनाइएको दाबीसहित अधिवक्ता दिनेश त्रिपाठीले शपथ ग्रहण तत्काल रोकी उनलाई पक्राउ गरी हत्या अभियोगमा कारबाही अघि बढाउन आदेशको माग गरेका छन् ।
महोत्तरीका रामविलास मण्डलको हत्या गरेको अभियोगमा मण्डलविरुद्ध जिल्ला अदालत महोत्तरीले पक्राउ वारेन्ट जारी गरेको छ । मण्डलको हत्या गरेको अभियोगमा उनीविरुद्ध १५ माघ २०६७ मा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । सोही मुद्दामा अदालतले पक्राउ वारेन्ट जारी गरेपछि फरार रहेका मण्डललाई एमाओवादीले समानुपातिकतर्फबाट सभासद् बनाएको हो ।
वारेन्ट जारी भएका व्यक्तिलाई पक्राउ गरी अदालतमा बुझाउनुपर्नेमा सभासद् बनाइएको भन्दै आरोपी व्यक्तिको शपथ ग्रहण तत्काल रोक्न अन्तरिम आदेशको माग निवेदकले गरेका छन् ।
सरकार, संविधानसभाका ज्येष्ठ सदस्य सूर्यबहादुर थापालगायतलाई विपक्षी बनाई दायर रिटमा उनलाई ७ माघमा हुने सभासद्को शपथ ग्रहणमा सहभागी नगराउन आदेशको माग गरिएको छ ।
मुलुकी ऐन अदालती बन्दोबस्तको ९४ नम्बरमा व्यवस्था भएबमोजिम अदालती बन्दोबस्तको ९८ नम्बरअनुसार वारेन्ट जारी भएपछि प्रहरी कार्यालय वा कर्मचारीले तदारुकतासाथ मण्डललाई पक्राउ गरी २४ घन्टाभित्र अदालत पु¥याउनुपर्नेमा उल्टै सभासद् बनाएर सभासद् पदकै गरिमा घटाउने कार्य भएको निवेदकको दाबी छ ।
मण्डललाइ तत्काल पक्राउ गरी महोत्तरी जिल्ला अदालतमा उपस्थित गराउन र जिल्ला अदालतमा दायर कर्तव्य ज्यान मुद्दालाई फिर्ता लिनेसम्बन्धी कुनै पनि प्रक्रिया नचाल्न आदेशको माग पनि निवेदकले गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक