व्यवस्थापिका संसद् अधिवेशन १२ माघमा

६ माघ २०७०, सोमबार ०५:०३ मा प्रकाशित

काठमाडौं : राष्ट्रपति डा.रामवरण यादवले व्यवस्थापिका संसद्को अधिवेशन १२ माघका लागि आह्वान गरेका छन् ।

अन्तरिम संविधान २०६३ को धारा ५१ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सिफारिसमा राष्ट्रपति यादवले १२ माघ आइतबार दिउँसो ३ बजेका लागि संसद् अधिवेशन आह्वान गरेका हुन् ।
संविधानसभाको पहिलो बैठक अध्यक्ष रेग्मीले बोलाए पनि व्यवस्थापिका–संसद्को बैठक भने अन्तरिम संविधानको धारा ५१ (१) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बोलाउने उल्लेख छ । मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले आइतबार शीतल निवास पुगी राष्ट्रपति यादवलाई भेटी संसद् अधिवेशन बोलाउन माग गरेका थिए ।
रेग्मीसँग न्याय तथा कानुनमन्त्री हरिप्रसाद न्यौपाने, मुख्य सचिव लीलामणि पौडेल र कानुन सचिव भेषराज शर्मा पनि शीतलनिवास पुगेका थिए । संविधानसभाको पहिलो बैठक भने ८ माघका लागि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले नै बोलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।