
नवलपरासी, ६ काठमाडौ । माओबादी चौथो डिभिजन नवलपरासीबाट प्रथम पटक सेना समायोजना रोजका बटालियन कमाण्डरदेखि डिभिजन सहकमाण्डरहरुसम्म स्वेच्छिक अवकाशमा गएका छन् । डिभिजन स्रोतका अनुसार डिभिजन सहकमाण्डर कलबहादुर थान महानलगायत झण्डै एक दर्जन व्रिगेड सहकमाण्डर र बटालियन कमाण्डरहरुले स्वेच्छिक अवकाश राजेका हुन् । स्वेच्छिक अवकाश रोज्नेहरुमा ब्रिगेड सहकमाण्डर शक्ति र आदर्श, बटालियन कमाण्डर यमन, दीप, कैलाशलगायत कमाण्डरहरु रहेका छन् । माओवादी चौथो डिभिजन नवलपरासीबाट पहिलो पटक सेना समायोजन रोजेका १ हजार २ सय ८२ जना लडाकु मध्ये अहिले ७ सय ९८ जनाले स्वेच्छिक अवकाश र बाँकी ४ सय ८४ जना लडाकुले सेना समायोजना राजेको छन् । चौथो डिभिजनको मुख्य शिविर झयालटु¨डाँडाबाट ३ सय ५० र सहायक शिविर हात्तिखोरबाट ४ सय ४८ जनाले स्वेच्छिक अवकाश रोजेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस