जनस्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा राजनीति नगर: डा. बिनोद शाह

५ माघ २०७०, आईतवार २३:२८ मा प्रकाशित

न्युयोर्क, ५ माघ । शिक्षण अस्पताल महाराजगंजका प्राध्यापक चिकित्सक डा. गोविन्द केसीको जारी अनशनका कारण स्वास्थ्य संस्थाहरुमा उत्पन्न समस्या प्रति अमेरिकामा रहेको नेपाली मुलका चिकित्सकहरुको ध्यान आकृष्ट भएको छ । नेपाली मुलका अमेरिकन चिकित्सकहरुको संस्था एनपाका तर्फ़बाट महासचिब डा. बिनोद शाहले एक बिज्ञप्ति जारी गर्दै जनस्वास्थ्य जस्तो सेवा प्रदायक सम्बेदनशील क्षेत्रमा राजनीतिक स्वार्थ र दवावको आधरमा नियुक्ति गर्ने परिपाटी अबिलम्ब बन्द गर्न सम्बन्धित निकाएको ध्यान आकृष्ट गरेको हो । नेपाली मूलका अमेरिकन चिकित्सकहरुको संस्था एनपाका तर्फ़बाट महासचिब डा. बिनोद शाहले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, त्रिभुवन विश्वविद्यालयले प्राध्यापक डा. गोविन्द केसीले उठाउनु भएका न्यायोचित मागहरुलाई यथा सिघ्र सम्बोधन गरियोस ।’ शाहले बिज्ञप्तिमा उच्च शिक्षा हाँशिल गर्ने पवित्र ठाउँमा राजनीतिक उदेश्य राखेर प्राज्ञिक मान्यता बिपरित मनोमानी हस्तक्षेप गर्ने कार्य अबिलम्ब रोक्न समेत आग्रह गरेका छन । यसै बीच शिक्षामन्त्री माधव पौडेलले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशी शर्माको नियुक्ति निर्णयबारे पुनर्विचार गर्न त्रिवि उपकुलपति कार्यालयलाई निर्देशन दिएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थानमा शर्मालाई डिन नियुक्ति गरेको विरोधमा अनसनमा बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य नाजुक हुँदै गएपछि शिक्षामन्त्री पौडेलले त्रिवि उपकुलपति हिराबहादुर महर्जनलाई चार बुँदे निर्देशन दिएका हुन् । तीन बुँदामा उनले यसअघि आफूले दिएको निर्देशनको स्मरण गराएका छन्। चौथो बुँदामा नयाँ डिन नियुक्त गर्ने निर्णय पुनर्विचार गर्दै अनशनमा बसेका डा. केसीको माग पूरा गरी जीवन बचाउन निर्देशन दिएका छन्। मन्त्री पौडेलले यसअघि ‘नयाँ डिन नियुक्त नगर्न’, ‘डा. प्रकाश सायमीको राजीनामा स्वीकृत नगर्न’ सुझाव दिएको र त्यसपछि उत्पन्न समस्याको समाधान आफैं गर्न निर्देशन दिएको स्मरण गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद