तीन दलको बैठक निष्कर्षविहीन

६ बैशाख २०६९, बुधबार १५:५६ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । प्रमुख तीन दलबीच सिंहदरबारमा आज बसेको बैठक कुनै सहमति नगरि सकिएको छ । जेठ १४ मै संविधान जारी गर्ने प्रक्रिया छोट्याउने सहमति भए पनि बाँकी विषयमा खासै छलफल नभएको नेताहरुले बताएका छन् । शान्ति मन्त्रालयमा बसेको बैठकमा संविधानको धारा ७० लाई संशोधन गर्न भएको सहमति र सत्य निरुपण तथा मेलमिलाप एंव बेपत्ता छानविन आयोग गठन सम्बन्धमा छलफल भएको कांग्रेस नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो । संविधान जारी गर्न प्रक्रिया छोट्याउन धारा ७० लाई संशोधन गर्न दलहरुले सहमति यसअघि पनि जनाइसकेका छन् । बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनका विषयमा छलफल बढी केन्द्रित भएको माओवादी सभासद खिमलाल देवकोटाले जानकारी दिनुभयो । आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित रहेकाले संविधानको विवादित विषयमा बैठक प्रवेश गर्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको

रोम।इटालीले झण्डै ७० वर्षयताकै सबैभन्दा खराब खडेरीको सामना गरिरहेको छ । खडेरीपछि सरकारले पो नदी वरपरका धेरै क्षेत्रमा आपतकालीन अवस्था

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।