जंगलमा जलेर तीनको मृत्यु/११ जना घाईते

५ माघ २०७०, आईतवार १८:०९ मा प्रकाशित

काठमाडौं, ५ माघ । हुम्ला जिल्लास्थित जंगलमा लागेको आगोमा जलेर तीन जनाको मृत्यु भएको छ । जलेर एघार जना घाईते भएका छन् ।
जलेर घाईते भएका मध्य एघार जनालाई हेलिकप्टरबाट आज (आइतबार) नेपाली सेनाले उद्धार गरी नेपालगञ्ज उपचारका लागि ल्याएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार तीन जनाको शनिबार नै मृत्यु भएको हो ।
गृह मन्त्रालयको अनुरोधमा सेनाको ईक्युरेल र एम.आई.१७ हेलिकप्टर मार्फत ११ जना घाईतेको उद्धार गरेको जनाएको छ । घाईतेको नेपालगञ्जमा उपचार भई रहेको छ ।
माघ–२ गते पुमा गाउँस्थित जंगलमा आगलागी भएको थियो । सो आगलागीमा परेर ११ जना सर्वसाधारण घाईते भएका थिए ।
हुम्लामा अत्याधिक हिमातका कारण घाईतेको उद्धारमा समस्या भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको