डा.केसीका मागप्रति सरकार उदाशीन : बैद्य

५ माघ २०७०, आईतवार १७:४८ मा प्रकाशित

काठमाडौं, ५ माघ । नेकपा–माओवादीले त्रिभुव विश्व विद्यालयका चिकित्सक डा.गोविन्द केसीले जारी राखेको अनसनप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य अवस्थाप्रति चिन्ता जनाएको छ ।
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले आज (आइतबार) विज्ञप्ति जारी गरेर डा.केसीको अनसनप्रति ऐक्यबद्धता जनाएका हुन् । डा.केसीको स्वास्थ्य बिग्रिएको चिन्ता जनाउँदै उनले समस्या समाधानप्रति राज्यले चासो नदेखाएको आरोप लगाएका छन् ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापारीकरण र माफियाकरण मौलाइरहेको बताएका अध्यक्ष बैद्यले त्यसको विरोधमा डा.केसीले सुरु गरेको कदमप्रति आफूहरुको ऐक्यबद्धता रहेको दोहराए ।
‘आज यतिका दिन बितिसक्दा पनि राज्य पक्षबाट सम्बोधन नगरिनु गैरजिम्मेवारी हो,’ उनले भनेका छन्, ‘डा. केसीले उठाउनु भएका मुद्दाहरुको तुरुन्त सम्बोधन गरियोस् र उहाँको जीवनरक्षा गरियोस् ।’
त्रिवि शिक्षण अस्पतालको डीन नियुक्ति, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अनियमितता भएको बैद्यको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका