सहमतिका लागि पाँच दिन, सोमबारदेखि संविधानसभा बैठक

६ बैशाख २०६९, बुधबार १५:५५ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । विजनेश नभएका कारण अनिश्चितकालका लागि स्थगित संविधानसभा बैठक आगामी ११ गते सोमबार बस्ने भएको छ । संविधानसभा कार्यव्यवस्था परामर्श समितिको आज बसेको बैठकले संविधानका अन्तरवस्तुमा रहेका विबाद समाधानका लागि १० गतेसम्मको समयसीमा दिदै सहमति नभए प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । संवैधानिक समितिको आग्रहअनुसार सहमति जुटाउनका लागि पाँच दिनको समय थप गर्ने निर्णय गरिएको चुरे भावर पार्टीका सभासद बद्री न्यौपानेले जानकारी दिनुभयो । यसअघि नै पाँच गतेसम्म सहमति नभए प्रक्रिया सुरु गर्ने भनिए पनि सहमति हुने विश्वास नभएकोले प्रक्रिया सुरु गर्न संविधानसभा बैठक बोलाउने सहमति भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले