लोडसेडिङ घटाउन माग

५ माघ २०७०, आईतवार १६:२७ मा प्रकाशित

काठमाडौं, ५ माघ । विभिन्न राजनीतिक दल आबद्ध दर्जन बढी विद्यार्थी संगठनहरुले लोडसेडिङ अन्त्य गर्न माग गरेका छन् ।
१३ विद्यार्थी संगठनले आज (आइतबार) नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई ज्ञापन पत्र बुझाई लोडसेडिङ घटाउन मागगरेका हुन् ।
निर्देशक अर्जुनकुमार कार्कीले एसएसलीका बेला लोडसेडिङ घटाउन सकिने आश्वासन दिएका छन् । तत्काल लोडसेडिङको समय हटाउन नसकिए पनि दुई बर्ष भित्र चार घण्टा भन्दा बढी लोडसेडिङ नहुने उनले बताए ।
नजिकिँदै गरेको एसएलसी परीक्षालाई ध्यानमा राखेर लोडसेडिङको समय कम गर्न माग गरेर ज्ञापन पत्र बुझाएको नेविसंघका नेता यूपी लामिछानेले जानकारी दिए । ‘विद्युत प्राधिकरणलाई चुहावट हटाउन माग गरेका छौं,’ उनले भने, ‘एसएलसी परीक्षा आउन थालेकाले लोडसेडिङको समय घटाउन भनेका छौं ।’
१३ विद्यार्थी संगठनहरुले भीआईपीलाई दिइएको विद्युत सुविधा कटौती गरी जनतालाई जस्तै लोडसेडिङको अनुभूति गराउनुपर्ने, उद्योगलाई दिइएको सुविधा कटौती गर्नुपर्ने लगायतका मागसहितको ज्ञापन बुझाएको लामिछानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता