काठमाडौंका नौ स्थान ‘निषेधित क्षेत्र’

५ माघ २०७०, आईतवार १३:५६ मा प्रकाशित

काठमाडौं, ५ माघ । काठमाडौं जिल्ला प्रशासनले शान्ति सुरक्षा कायम राख्न विभिन्न नौं स्थानमा ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ ।
स्थानीय प्रशासन ऐन अनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर नयाँ बानेश्वरलगायतका क्षेत्रमा सभा, सम्मेलन, बिरोधका कार्यक्रम गर्न निषेध गरेको हो । प्रशासनले तोकेको क्षेत्र भित्र कुनै पनि कार्यक्रम गरिए कारबाही गरिने चेतावनी सूचनामा छ ।
माघ–८ गते संविधानसभाको पहिलो बैठक बस्दैछ । बैठकलाई प्रभावित तुल्याउन नेकपा–माओवादी नेतृत्वका ३३ दलीय मोर्चाले घेराउ, तथा धर्नाका कार्यक्रम सार्वजनिक गरे पछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले नयाँ वानेश्वरस्थित बीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रपतिको कार्यालय र सिंहदरबारसहितका आसपासको क्षेत्रमा मंगलबारबाट निषेधित क्षेत्र घोषणा गरेको सूचनामा उल्लेख छ ।
निषेधित क्षेत्रभित्र कसैले शान्ति सुरक्षा भङ्ग हुने वा कसैलाई बाधा बिरोध गर्ने कार्य गरे गराएमा कानूनबमोजिम कारबाही हुने चेतावनी सूचनामा छ ।
स्थानीय प्रशासन ऐन २०२८ वमोजिम अर्को आदेश नभएसम्मका लागि काठमाडौंका विभिन्न ९ स्थानलाई निषेधित क्षेत्र तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।