एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र लडाकु कमाण्डरबीच छलफल

६ बैशाख २०६९, बुधबार १५:५४ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादी लडाकुका कमाण्डरबीच आज छलफल भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा भएको छलफलमा समायोजन प्रक्रियामा भइरहेको प्रगतिबारे कमाण्डरहरुले अध्यक्षलाई जानकारी गराएको प्रचण्डका प्रेस संयोजक सन्तोष पौडेलले जानकारी दिनुभयो । जवाफमा अध्यक्ष प्रचण्डले समायोजन प्रक्रियामा भएको प्रगतिका कारण संविधान लेखनमा महत्वपूर्ण सहयोग पुगेको कमाण्डरहरुलाई बताउनुभएको थियो । पार्टी नेतृत्वले समायोजन प्रक्रियाबारे स्पष्ट अडान लिन नसक्दा धेरै लडाकुले स्वेच्छिक अवकाश रोज्नु परेको भन्दै लडाकु कमाण्डरले नेतृत्वको आलोचना गरेका थिए । छलफलमा लडाकुका प्रमुख नन्दकिशोर पुन, प्रवक्ता चन्द्रप्रकाश खनाल र डिभिजन कमाण्डरको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ