लुइ ची बु एसियाका सबैभन्दा धनी व्यक्ति

५ माघ २०७०, आईतवार ०८:५९ मा प्रकाशित

एजेन्सी

मकाउ, ५ माघ । मकाउको जुवा उद्योगका दिग्गज लुइ ची बु एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । लुइ किशोरावस्थामा हङकङका सडकमा खाना बेच्थे ।
ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सले लुइसँग २९ दशमलव ६ अर्ब डलर बराबरको सम्पत्ति भएको आँकलन गरेको छ जसको अर्थ उनी हङकङको रियल इस्टेट बजारका धनाढ्य ली किसिङभन्दा पनि अगाडि बढेका छन् । ८४ वर्षीय लुइले मकाउको जुवा कारोबारबाट धेरै कमाएका छन् । चीनले मकाउ सहरमा मात्र जुवालाई वैधानिकता दिएको छ ।
सन् १९३४ मा दक्षिण चीनमा भएको युद्धपछि लुइ परिवार हङकङमा भागेको थियो । १३ वर्षको हुँदा उनी त्यहाँ सडकमा खाना बेच्ने काम गर्थे । दोस्रो विश्वयुद्धपछि अमेरिकी सेनाले ओकिवाना सहरमा छोडेका निर्माण उपकरणको आयात थालेपछि भने उनको जीवनले नयाँ मोड लियो ।
लुइ मकाउको ग्यालेक्सी इन्टरटेनमेन्ट क्यासिनोका मालिक हुन् । यसै महिना उनको कुल सम्पत्तिमा साढे ३ अर्ब डलर वृद्धि भएपछि उनको सम्पत्ति २९ दशमलव ६ अर्ब डलर पुगेको हो । यो आँकडा बिहीबार रियल इस्टेट व्यापारी कासिङको सम्पत्तिभन्दा १० करोडले बढी हो ।
सन् २००२ मा मकाउमा जुवा बजार सुरु भएपछि हङकङको जुवा बजारका बादशाह स्टेन्ली होको चार दशक लामो एकछत्र शासन समाप्त भएको थियो । मकाउमा ६ कम्पनीले जुवा बजारमा अनुमति पाएका थिए जसमध्ये ग्यालेक्सी हिस्सा सन् २०१३ को अन्तसम्ममा सय प्रतिशतले बढेको छ ।
सन् १९९९ मा मकाउ चीनलाई सुम्पिएपछि क्यासिनोलाई वैधानिकता दिइएको यो एक्लो चिनियाँ सहर हो । यसै महिनाको सुरुमा प्रदर्शित आधिकारिक आँकडाका अनुसार मकाउका जुवाघरबाट उठ्ने राजस्व १८ दशमलव ६ प्रतिशतले बढेर ४५ अर्ब डलर पुगेको छ जुन हालसम्मकै रेकर्ड हो ।
तथापि फोब्र्स पत्रिकाका अनुसार लुइ अझै पनि लीभन्दा पछाडि नै छन् । यसै महिना जारी गरिएको सूचीमा लुइको कुल सम्पत्ति २१ अर्ब डलर र लीको सम्पत्ति ३२ अर्ब डलर भएको बताएको छ । ली कासिङले प्लास्टिक ङ्खलोर निर्माताका रूपमा व्यापार व्यवसाय थालेका थिए । हाल भने उनको चेउङ काङ होल्डिंग्स र हचिसन वामपोआ कम्पनीमार्फत उनले संसारभर प्रोपर्टी, टेलिकम, जनउपयोगी सेवा, बन्दरगाह र खुद्रा व्यापारमा ठूलो लगानी गरेका छन् ।
सूचीका अनुसार अप्रिल २०१२ मा भारतको मुकेश अम्बानीलाई पछारेर ८५ वर्षीय ली एसियाका सबैभन्दा धनी व्यक्ति बनेका थिए । संसारका धनाढ्यहरूको दैनिक रेकर्ड राख्ने ब्लुमवर्ग बिलेनेयर इन्डेक्सका अनुसार वालमार्टका संस्थापक अमेरिकी नागरिक जिम वाल्टनसँग ३६ दशमलव ५ अर्ब डलर सम्पत्ति छ ।
उनीपछि सबैभन्दा धेरै सम्पत्ति हुनेमा अमेजनका जेफ बीजोस हुन् । उनीसँग ३५ दशमलव ७ अर्ब डलर सम्पत्ति छ । विश्वका धनीहरूको सूचीमा लुइ र ली क्रमशः २१औं र २२ स्थानमा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका