महाधिवेशन माग गर्दै कांग्रेस कार्यालयमा धर्ना

५ माघ २०७०, आईतवार ०८:५४ मा प्रकाशित

काठमाडौं, ५ पुस । नेपाल विद्यार्थी संघका नेताहरूले माउ पार्टी कांगे्रस नेतृत्वलाई महाधिवेशनको मिति तत्काल घोषणा हुनुपर्ने माग राख्दै दबाब दिएका छन् । संघको दुई / दुई वर्षमा हुने महाधिवेशन आठ वर्ष बितिसक्दा पनि हुन नसकेको भन्दै तत्काल तोक्न उनीहरूले पार्टी नेतृत्वलाई शनिबार दबाब दिएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समितिको बैठकमा भाग लिन गएका पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई महाधिवेशनको प्रक्रिया अगाडि बढाउन विद्यार्थी नेताहरूले दबाब दिएका हुन् ।

विद्यार्थी नेताहरूले पार्टी कार्यालयमा दुई घन्टासम्म धर्ना बस्दै शीर्ष नेतालाई महाधिवेशनको वातावरण तयार गरिदिन आग्रहसहितको ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आठ वर्षसम्म महाधिवेशन नहुँदा संघका गतिविधि अगाडि बढ्न नसकेको र विद्यार्थी नेताहरू क्रमिक रूपमा पार्टीको राजनीतिमा सक्रिय हुनुपरेको संघका निवर्तमान सदस्य रामप्रसाद अधिकारीले बताए । ‘पार्टीको केन्द्रीय समिति बैठक बस्नुअगाडि पार्टीका तीन नेतालाई दबाब दिँदा महाधिवेशन हुन सक्ने भएकाले दबाब दिएका हौं,’ अधिकारीले सँग भने ।
सभापति कोइरालाले विद्यार्थी नेताहरूले महाधिवेशनको पक्षमा उठाएका मागहरू समाधान गर्न पार्टी नेतृत्व गम्भीर रूपमा लाग्ने आश्वासन विद्यार्थीहरूलाई दिएका थिए । ‘तपाईंहरू संगठन विस्तारतर्फ लाग्नुहोस्, पार्टीले संघको महाधिवेशनसम्बन्धी प्रक्रिया छिट्टै अगाडि बढाउनेछ,’ कोइरालाको भनाइ उद्धृत गर्दै ज्ञापनपत्र बुझाउने एक केन्द्रीय सदस्यले भने । महामन्त्री प्रकाशमान सिंहलाई संघमा देखिएको विवाद समाधान गर्दै महाधिवेशनको प्रक्रियालाई अगाडि बढाउन सभापति कोइरालाले निर्देशनसमेत दिएका थिए । महामन्त्री सिंहलाई विद्यार्थी संघको महाधिवेशन गर्न पार्टीले संयोजक बनाएको थियो ।

कांग्रेसले महाधिवेशन गर्न झन्डै दुई वर्षअगाडि रञ्जित कर्णलाई अध्यक्ष बनाएको थियो । तर, महाधिवेशका लागि प्रक्रिया अगाडि पटक–पटक बढाएको भए पनि प्रतिनिधि चयनको विषयमा विवाद हँदै आएका कारण महाधिवेशन हुन नसकेको हो । कांग्रेस पार्टी एकीकरण भएको लामो समय बितिसक्दा पनि संघको महाधिवेशन हुन सकेको छैन । संघलाई प्रभावकारी रूपमा अघि बढाउन र क्याम्पसदेखि गाउँसम्मको संगठनलाई विस्तार गर्न तत्काल महाधिवेशनको मिति घोषणा गर्न पार्टीका शीर्ष नेतालाई विद्यार्थी नेताहरूले दबाब दिँदै आएका छन् ।

वरिष्ठ नेता देउवाले संघको महाधिवेशनको विषयमा देखिएको विवाद तत्काल समधान गर्दै महाधिवेशनको मिति घोषणा गर्न पार्टी नेतृत्व लाग्ने आश्वासन विद्यार्थी नेतालाई दिएका थिए । संघमा देखिएको सामान्य विवादलाई समाधान गर्दै अगाडि बढ्न वरिष्ठ नेता देउवाले विद्यार्थीलाई आग्रहसमेत गरेका थिए । संघको महाधिवेशनका विषयमा शनिबारदेखि सुरु केन्द्रीय समिति बैठकमा छलफल गर्ने आश्वासन पार्टी नेताहरूले ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीलाई दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार तथा संगीतकार जीवन प्याकुरेलको तीज गीत ‘चाहना के के छ’ सार्वजनिक भएको छ । शनिबार गायक रामजी

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल