रमेशकुमार भट्टराई मापसे कारबाहीमा

५ माघ २०७०, आईतवार ०८:५१ मा प्रकाशित

काठमाडौं, ५ माघ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार भट्टराई मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परेका छन् । मापसे सेवन गरी सवारी चलाएकोमा नभई प्रहरी महानिरीक्षकको निर्देशन अवज्ञा गरेका कारण एसएसपी भट्टराई कारबाहीमा परेका हुन् ।

मापसे कारबाहीमा पर्दा सर्वसाधारणको चालक अनुमति पत्र प्वाल पर्ने र जरिवाना तिर्नुपर्ने भए पनि एसएसपी भट्टराईको भने जागिर नै धरापमा परेको छ । उनीमाथि असक्षम र पदीय हैसियतविपरीतको काम गरेको आरोप लगाई प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढाएको छ । प्रधान कार्यालय स्रोतका अनुसार भट्टराईमाथि निलम्बनसम्मको कारबाही हुन सक्छ ।

आङ्खनो कार्यक्षेत्रको समग्र शान्ति सुरक्षामा ध्यान दिनुको साटो शुक्रबार दिउँसैबाट मादक पदार्थ सेवन गरी भट्टराई आङ्खनो कार्य सम्पादन गर्न सक्ने अवस्थामा थिएनन् । सोही कारण उनी शुक्रबार राति प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले बोलाएको आकस्मिक सुरक्षा रणनीति बैठकमा सन्चो नभएका कारण ‘सरी आउन सक्दिनँ’ भन्दै अनुपस्थित भए । तर, अनुपस्थित हुनुको कारण गलत ठहरिएपछि कारबाहीमा परेको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

कार्यालयमै मादक पदार्थ सेवन गरी बसेका तर मुटु दुखेको बहाना बनाएर अति संवेदनशील बैठकमा समेत अनुपस्थित भएपछि भट्टराईलाई शनिबार नै महानिरीक्षक अर्यालले महानगरीय प्रहरी परिसर ललितपुरबाट हटाएका छन् । उनीमाथि चरित्रमा सुधार नगरेको र जिम्मेवारी समेत पूरा नगरेको अभियोग लगाइएको सचिवालयका एक वरिष्ठ अधिकारीले बताए । उपत्यकाका प्रहरी अधिकारीहरूले शान्ति सुरक्षा भन्दा ‘गुड फ्राइडे’ मनाउने क्रम निकै बढेर गएको उजुरी परेपछि महानिरीक्षक अर्यालले शुक्रबार राति छड्के जाँच गरेका थिए ।

सो क्रममा अर्यालले महानगरीय प्रहरी परिसर काठमाडौंदेखि अन्य विभिन्न कार्यालयमा छड्के गरेका थिए । छड्केपछि राति १० बजे अर्यालले ब्रिफिङ भन्दै महानगरीय आयुक्तको कार्यालयमा बैठक बोलाएका हुन् ।

महानिरीक्षक अर्यालले शुक्रबार साँझ उपत्यकाका सबै प्रहरी कार्यालयमा छड्के जाँच गरी राति १० बजे काठमाडौं, ललितपुर र भक्तपुर परिसरसहित महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षकसहित सबै कार्यालयका प्रमुखलाई बोलाउँदा भट्टराई गएका थिएनन् । महानगरीय आयुक्तको कार्यालयमा बोलाइएको सो बैठकमा ललितपुर प्रहरी प्रमुख भट्टराई मादक पदार्थ सेवनकै कारण उपस्थित हुन सकेका थिएनन् । उनलाई बचाउन उपत्यकाका अधिकृतहरूले नाटक गरे पनि अर्यालले टोली नै खटाएर यथार्थ पत्ता लगाएका थिए ।

महानिरीक्षक अर्यालले कसैलाई कुनै जानकारी नै नदिई छड्के गर्दै एक्कासि बोलाएपछि भट्टराईले आउन नसक्ने जानकारी गराएका थिए । मुटु दुखेको कारण देखाई एसएसपी भट्टराईले आईजीपीको ब्रिफिङमा आउन नसक्ने जानकारी गराएका हुन् । तर, लतिलपुरकै प्रहरी अधिकृतले  भट्टराई दिउँसैदेखि मादक पदार्थ सेवन गरेर बसेको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराएपछि कारबाही गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत