अनन्त सागर अनन्त गगन :: बब्लु कुमार “राही”

५ माघ २०७०, आईतवार ०६:०७ मा प्रकाशित

हे कलम धेर नकोर
अक्षरहरु
हे अक्षर धेर नबन
शब्दहरु
हे शब्द धेर नबन
वक्यहरु
हे वक्य धेर नगर अभिब्यक्तिहरु
अनन्त मनको सागरमा
अक्थ्य अब्यक्त
कथाका ब्यथाका
असिमित गहराइ छन
अथाह अज्ञात
असन्ख्य दुर्बोध
प्रकृतिका खण्डित्
बिखण्डित स्रोतहरु
झर्नाहरु नालाहरु नदीहरु
आफ्नो गती र प्रभावमा
नित्य बगी आइपुग्छन
मसँग मिल्न मसँग जुड्न
मलाई अङ्गाल्न मलाई पिरोल्न

अपूर्णलाई पूर्ण बनाउन
पूर्णलाई सम्पूर्ण बनाउन
ममा नै आइपुग्छन्
यही जीवनका स्रोतहरु
यही जीवनका अभिन्न अङ्गहरु
ममा नै आइपुग्छन ।
असाध्यलाई साध्य बनाउन
मलाई नै उक्साउछन्
पुरुसार्थ नै जीवन हुन्
भनी सम्झाउछन्
पुरुसार्थ नै हुन अस्तित्व
भन्छन अस्तित्वहीन
मानिस कस्तो ?
उषाको मधुर रस्मिले
नित्य मेरो जीवनमा
उत्साहको रङ भरिदिन्छ
कौतुहल मन सूर्य झै
उदित भइदिन्छ
मन चन्द्रबिन्दु हुन्छ
समयको धारामा
जीवनको अन्तिम
क्षणमा स्थलमा जीवनको कुरुक्षेत्र
अपार सागरमा
ब्यकुल मन त्रसित मन
कुण्ठित मन कुत्सित मन
कहिले निस्तार भइ
अनन्त गगनमा गइ
लुप्त भइदिन्छ ।

– आईतबार, 28 पौष, 2070

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने