देउवा र पौडेलजी मिलेर पार्टी चलाउनुहोस, मलाई सर्बसम्मत दलको नेता चुन्नुहोस: कोइराला

४ माघ २०७०, शनिबार २३:५६ मा प्रकाशित

बिपुल पोख्रेल, काठमाडौं, ४ माघ । कांग्रेस सभापति सुशील कोइरालाले बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडललाई आफूलाई संसदीय दलको नेतामा सर्बसम्मत घोषणा गर्दै पार्टी सामुहिक नेतृत्वमा चलाउन आग्रह गरेका छन् ।

शनिबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति कोइरालाले देउवा र पौडेलसँग यस्तो आग्रह गरेका हुन् ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति कोइरालाले भने, ‘पार्टी संसदीय दलको नेतामा तपाईहरु दुबैले सर्बसम्मतिबाट मलाई चयन गर्नुहोस, ‘देउवा र पौडेलल मिलेर पार्टी चलाउनुहोस।’

केन्द्रीय समिति बैठकमा सभापति कोइरालाले आग्रह गर्दा संसदीय दलको नेता पदको दाबी गरिरहेका देउवा र पौडेल दुबैले कुनै प्रतिक्रिया जनाउन चाहेनन् ।

बैठकमा बोल्ने अधिकांस केन्द्रीय सदस्यहरुले नेताहरुबिच सहमति नभए प्रक्रियाबाट जान र सहमतिको लागि एक हप्ताको समय लिएर समझदारीमा दलको नेता चयन गर्न सुझाव दिएका थिए।

यसैबिच शनिबारको केन्द्रीय समिति बैठकले पार्टीको विधान अनुसार दलको नेता चयन प्रक्रिया सम्पन्न गर्न प्रवक्ता दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

माघ १२ गतेभित्र संसदीय दलको नेता लगायत अन्य पदाधिकारीहरुको चयन गर्ने निर्णयका लागि निर्वाचन समितिमा केन्द्रीय सदस्य रमेश रिजाल र पूर्वसांसद तरामचन्द्र तिवारी सदस्य रहेका छन ।

संयोजक बडुले समितिका सदस्यहरुसँग छलफल गरी सकभर आइतबारदेखि नै निर्वाचनको प्रक्रिया शुरु गर्ने बताएका छन् ।

शनिबारको बैठकले कामचलाउ सरकारको नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ ।

कांग्रेसले प्रधानन्यायधीश खिलराज रेग्मी नेतृत्वको कामचलाउ सरकारले निर्वाचन सम्पन्न भएपछि गरेका कतिपय राजनीतिक र प्रशासनिक नियुक्तिप्रति आपत्ति जनाउँदै सरकारसँग यस्ता कार्य तत्काल रोक्न माग गरेको छ।

शनिबार बसेको केन्द्रीय समिति बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले पत्रकारलाई जानकारी दिदै भने, ‘वर्तमान कामचलाउ सरकारले निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने क्रममा कतिपय नियमावली परिवर्तन गर्दै राजनीतिक र प्रसाशनिक नियुक्तिका साथै कतिपय निकायमा सरुवा र बढुवा कार्य गर्नु असान्र्दभिक र नियम विपरित भएकोले तत्काल रोक्नुपर्छ।’

त्यसैगरी बैठकले त्रिवि शिक्षण अस्पतालको डीनको नियुक्तिको विरोधमा आमरण अनसन बसेका डा गोविन्द केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षा गर्न सरकार र सम्बन्धित पक्षसँग माग गरेको छ।

यसअघि बैठकमा बोल्दै केन्द्रीय सदस्य शसांक कोइरालाले शिक्षण अस्पतालको डिन नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको दाबी गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

सिन्धुपाल्चोक- मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले भेटवार्ता गर्नुभएको छ । कांग्रेसको