सुदूरपश्चिममा पनि मापसे चेतक ब्रेथलाईजर मेसिनबाट

६ बैशाख २०६९, बुधबार ०९:३४ मा प्रकाशित

कैलाली, ६ बैशाख । सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले आजबाट सुदूरपश्चिमका विभिन्न स्थानमा ब्रेथलाइजर मेसिन प्रयोगमा ल्याउने भएको छ । काठमाण्डूमा ब्रेथलाईजर मेसिनको प्रभावकारिता बढेपछि सुदूरपश्चिममा पनि मापसे गर्न लागिएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । कैलालीको अत्तरिया, लम्कीलगायत कन्चनपुर, डोटी, डडेल्धुरा जिल्लाका विभिन्न स्थानमा १५ वटा ब्रेथलाइजर मेसिन प्रयोगमा ल्याउन थालिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा सडक दुर्घटनामा बृद्धि भएपछि यस्तो अभियान सन्चालन गर्न लागिएको सुदुरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रमोदकुमार खरेलले बताउनुभयो । ब्रेथलाइजर मेसिन नेपालमा पहिलो पटक विस २०५९ सालमा प्रयोगमा ल्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दर्ता गराउनुभएको रिट निवेदनमा सर्वोच्च अदालतले

काठमाडौँ । काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । सोमबार बिहान काठमाडौँ, ललितपुर र भक्तपुरका प्रशासनबिच