ललितपुरमा गोली प्रहारबाट दुई जना घाईते

४ माघ २०७०, शनिबार १७:३१ मा प्रकाशित

ललितपुर, ४ माघ । ललितपुर जिल्लामा अपरिचित समूहले मीनकृष्ण महर्जन र मिलन सिलवाललाई गोली हानेर घाईते बनाएको छ ।
धापाखेल–१ स्थित धापखेल हाईटमा ३/४ वटा पल्सर मोटरसाइकलमा आएका अपरिचित ६/७ जनाको समूहले आज (शनिबार) एक्कासि गोली तथा धारिलो हतियार प्रहार गरेर घाईते बनाएको प्रहरीले जनाएको छ ।
४२ वर्षीय महर्जन धापाखेल १ र २५ बर्षीय सिलवाल लेले गाविस निवासी हुन् ।
अपरिचित व्यक्तिहरुले प्रहार गरेको गोली दुवै जनाको वायां खुट्टाको तिघ्रामा लागेको छ । धारिलो हतियार प्रहारबाट महर्जनको दांया हातमा समेत चोट लागेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।
यसैबीच, घाईतेहरुको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । अस्पताल पुगेका सिंहले दोषीलाई कारबाहीको माग गरेको नेविसंघका नेता यूपी लामिछानेले जानकारी दिए । घाइतेहरु कांग्रेस निकटका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।