हेल्थी फिगर पनि हिट

४ माघ २०७०, शनिबार ०७:०० मा प्रकाशित

मुम्बई / एजेन्सी– फिल्म ‘दबङ’ बाट बलिउडमा उदाएकी अभिनेत्री सोनाक्षी सिन्हाको कम्बर मोटो थियो । पेट पनि मोटो थियो । उनले एक अन्तवार्तामा भनेकी थिइन्, ‘जिरो होइन, मेरो साइज हेल्दी हो ।’
नभन्दै ‘दबङ’ हिट भयो । यसपछि उनले एकपछि अर्को गर्दै फिल्म पाइन् । छिनेको कम्मर अर्थात जिरो साइजको प्रचलन बलिउडमा बढेका बेला सोनाक्षीसँगै विद्या बालनले पनि आफूलाई हेल्दी साइजका रूपमा फिल्म ‘द डर्टी पिक्चर’ मा प्रस्तुत गरिन् । उनको यो फिल्म साह्रै हिट भयो । यसपछि रानी मुखर्जी पनि विद्या बालनकै शैलीमा मोटो कम्मर र पेट हल्लाउँदै आफ्नो नयाँ फिल्ममा प्रस्तुत भइन् ।

दक्षिण भारतीय सिनेमाका नायिकाले आफ्नो कम्मर र पेटको आकार बढाएका बेला त्यो अभियानलाई बलिउडका अन्य नायिकाले पनि अँगालेका छन् ।

पछिल्लो समय बलिउडमा उदाएकी अर्की नायिका परिणिती चोपडा पनि हेल्दी फिगरका साथ दर्शकमाझ आएकी छन् । त्यसो त यसअघि अर्की अभिनेत्री सन्नी लियोनको हेल्थी फिगर पनि बलिउडमा हिट भइसकेको छ । यसरी, बलिउडका अभिनेत्री पछिल्लो समय जिरो फिगरबाट हेल्दी फिगरतर्फ लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक