स्याङ्जामा ४.१ प्रतिशत बालबालिका विद्यालय बाहिर

६ बैशाख २०६९, बुधबार ०९:३३ मा प्रकाशित

स्याङजा, ६ बैशाख । स्याङ्जामा ४.१ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लामा करिब तीन हजार बालबालिका विद्यालय बाहिर रहेको शिक्षा कार्यालयको  तथ्याङ्क छ । जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपचसचिव हेमनारायण चापागा“इका अनुसार विद्यार्थीहरुलाई विद्यालयमा आकर्षण गर्न कार्यालयले दुई खालका कार्यक्रम अगाडी सारेको छ ।  पहिलो चरण अन्र्तगत वैशाख एकदेखि १५ सम्म नियमित भर्ना कार्यक्रम गर्ने र दोस्रो चरणमा वैशाख १६ देखि मसान्तसम्म विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, पत्राचार र घरदैलो कार्यक्रम रहेको छ ।  “नानी, बाबु रमाई रमाई स्कुलमा आऊ, पढी सिकी सधैभरी खुसिले रमाऊ” भन्ने मुलनाराका साथ भर्ना कार्यक्रम संचालन गरिरहेको शिक्षा कार्यालयले कार्यक्रमलाई प्रभावकारी बनाउन शिक्षा सम्बद्ध कर्मचारीहरुलाई नियमित रुमा परिचालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । मंगलवार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा