आज भिटामिन ‘ए’ खुवाइने

६ बैशाख २०६९, बुधबार ०९:३१ मा प्रकाशित

काठमाडौ, ६ बैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत आजदेखि देशका ७५ जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँदै छ । भोलिसम्म चल्ने कार्यक्रममा करिब ३३ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल र तीमध्ये ३० लाख बालबालिकालाई जुकाको औषधीसमेत खुवाइने कार्यक्रम रहेको छ । आज बिहानदेखि देशका सबै नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा स्थानीय महिला स्वयम्सेविकाले बालबालिकालाई  भिटाभिन ए क्याप्सुल र जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । आज छुटेको बालबालिकालाई मात्र भोलि भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।