हामीले यत्तिकै पद त्याग गर्दैनौं : उपराष्ट्रपति

३ माघ २०७०, शुक्रबार १८:०१ मा प्रकाशित

विराटनगर, ३ माघ । उपराष्ट्रपति परमान्द झाले यथाअवस्थामा पद त्याग नगर्ने बताएका छन् ।
विराटनगरमा आज (शुक्रबार) पत्रकारसँग कुरागर्दै झाले दलहरुले भन्दैमा राष्ट्रपति र उपराष्ट्रपतिले पद त्याग नगर्ने बताएका हुन् । ‘दलहरुले भन्दैमा राष्ट्रपति र उपराष्ट्रपतिले संविधान विपरित हुनेगरी पदत्याग गर्दैनन्,’ उनले भने ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि सम्बन्धमा स्पष्ट व्यवस्था रहेको भन्दै उनले त्यसमा संशोधन गरिए आफूहरु पद छाड्न तयार रहेको बताए ।
‘नयाँ संविधान छिटो जारी भएमा राष्ट्रपति र उपराष्ट्रपतिको पद आफै समाप्त भईहाल्छ,’ उनले भने ।
उपराष्ट्रपति झाले नयाँ जनादेश भन्दै राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको कुरा गरेर राजीनामा माग्दै हिंड्नु असंवैधानिक भएको टिप्पणी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो